News Portal

अनफलोको ‘ट्रेन्ड’ नै चलेपछि एमाले महासचिवले सेयर गरे ओलीको फेसबुक पेज

समिर कुमार अधिकारी (द्रुपद)
२७२ पटक

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेसबुकमा अनफलो गर्ने ट्रे्रन्ड चलिरहँदा एमाले महासचिवले ओलीको फेसबुक पेज सेयर गरेका छन्।

महासचिव शंकर पोरखेलले बुधबार विहान ओलीको फेसबुक पेजको लिंक सेयर गर्दै ‘नेकपा (एमाले)का अध्यक्ष तथा सम्माननीय केपी शर्मा ओलीको आधिकारिक फेसवुक पेज’ लेखेका हुन्।

ओलीको फेसबुक पेज अनफलोको ट्रेन्ड चलिरहेका बेला महासचिवले फेसबुक पेज सेयर गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले एमाले नेतृ एवं प्रदेशसभा सांसद रेखा शर्मालाई पक्राउ गर्न आग्रह गरेको फेसबुक पोस्ट एमाले कार्यकर्ताहरूको अध्यधिक रिपोर्टका कारण हटेपछि बालेन समर्थक ओलीविरुद्ध खनिएका हुन्।

अहिले ओलीको फेसबुकमा लगातार फलोअर्स घटिरहेका छन्। हिजो अपरान्ह ६ लाख ६६ हजार फलोअर्स भएका ओलीको फेसबुक पेजमा अहिले ५ लाख ९७ हजार मात्र फलोअर्स छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...