News Portal

  • बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाखमा बनेको ‘भ्यू टावर’ दुर्व्यसनीको अखडा

    हिमालीसंचार संवाददाता
    २२४ पटक

    नवलपरासी। बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यू टावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो।

    टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र आयआर्जनमा वृद्धि हुने आशाले स्थानीयवासी खुशी भएका थिए। ३ वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो।

    भ्यू टावर मद्यपान र धूमपान गर्नेको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन्। उनका अनुसार सामान पनि धमाधम चोरी हुन थालेको छ।

    भ्यू टावरका कारण असुरक्षा बढेको रानाले बताइन्। ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ’, उनले भनिन्, ‘कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ।’

    कावासोती- १ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यू टावर बेवारिसे बनेको स्वीकार गरे। ‘तत्काल भ्यू टावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु’, उनले भने ‘व्यवस्थित रूपमा भ्यू टावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छ।’

    भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो। चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ।

    भ्यू टावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए।

    समुद्री सतहबाट झण्डै ८०० मिटर उचाइमा रहेको भ्यू टावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा पर्छ। यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ। (रासस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...