News Portal

चौकीदारको भूमिकामा देशको सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ – आईजीपी अर्याल

किरणमान बज्राचार्य
२८० पटक

कपिलवस्तु। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीले चौकीदारको भूमिकामा सीमा सुरक्षा गरिरहेको बताएका छन्। उनले आफूहरूले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले कपिलवस्तुको चन्द्रौटामा राखेको सातौं स्थापना दिवसमा बोल्दै उनले सो कुरा बताएका हुन।

सीमाको प्रभावकारी रूपमा निगरानी र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको उनले बताए।

‘सशस्त्र प्रहरी बलले चौकीदारको भूमिकामा रहेर देशको सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण, र राजस्व चुहावट रोक्न योगदान दिदै आएको छ ’ उनले भने ‘ राज्यले दिएको अधिकार उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध छौ ’ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अभिकुमार खत्रीले सशस्त्र प्रहरीले सुरक्षा प्रणालीलाई सुदृढ बनाई नागरिकको बिश्वास जित्न सफल भएको बताए।

उनले सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा गरेका उपलब्धिका बिषयमा जानकारी गराएका थिए। नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण योगदान दिएको बताए।

उनले सशस्त्र प्रहरी अब्बल रहेको र नागरिक र राज्य सत्ता बिचको सम्बन्ध बलियो बनाउन समेत मद्दत गरेको बताए।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा सुरक्षा, द्वन्द्व नियन्त्रण, बिपद र सीमा अपराध नियन्त्रणमा सशस्त्रको महत्त्वपूर्ण भुमिका रहेको बताए।

सो अवसरमा देउडा, मारुनी नृत्यलगायतका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू र सुरक्षासँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको सहभागीता थियो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...