News Portal

चौकीदारको भूमिकामा देशको सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ – आईजीपी अर्याल

किरणमान बज्राचार्य
२९४ पटक

कपिलवस्तु। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीले चौकीदारको भूमिकामा सीमा सुरक्षा गरिरहेको बताएका छन्। उनले आफूहरूले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले कपिलवस्तुको चन्द्रौटामा राखेको सातौं स्थापना दिवसमा बोल्दै उनले सो कुरा बताएका हुन।

सीमाको प्रभावकारी रूपमा निगरानी र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको उनले बताए।

‘सशस्त्र प्रहरी बलले चौकीदारको भूमिकामा रहेर देशको सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण, र राजस्व चुहावट रोक्न योगदान दिदै आएको छ ’ उनले भने ‘ राज्यले दिएको अधिकार उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध छौ ’ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अभिकुमार खत्रीले सशस्त्र प्रहरीले सुरक्षा प्रणालीलाई सुदृढ बनाई नागरिकको बिश्वास जित्न सफल भएको बताए।

उनले सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा गरेका उपलब्धिका बिषयमा जानकारी गराएका थिए। नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण योगदान दिएको बताए।

उनले सशस्त्र प्रहरी अब्बल रहेको र नागरिक र राज्य सत्ता बिचको सम्बन्ध बलियो बनाउन समेत मद्दत गरेको बताए।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा सुरक्षा, द्वन्द्व नियन्त्रण, बिपद र सीमा अपराध नियन्त्रणमा सशस्त्रको महत्त्वपूर्ण भुमिका रहेको बताए।

सो अवसरमा देउडा, मारुनी नृत्यलगायतका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू र सुरक्षासँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको सहभागीता थियो।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...