News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नुतन राई नै किन महासचिवमा ?

    हिमालीसंचार संवाददाता
    १०८ पटक

    उर्लाबारी। उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचन आउन साता दिन भन्दा कम छ। यतिबेला चार दलीय गठबन्धन, एमाले, स्वतन्त्र उमेद्वारहरू उद्योगी ब्यापारीको दैलोदैलोमा पुगेर मत मागिरहेका छन्।

    दलका उमेद्वारहरू एजेण्डाको भारी बोकेर घरदैलो गरिरहेका छन्। भने स्वतन्त्र उमेद्वारहरू एक्लैएक्लै मतदाताको पसलपसल पुगिरहेका छन्।

    तीन वर्ष अघि सदस्य पदमा विजयी नुतन राई (पिके)ले यो पटक महासचिवमा उमेद्वारी दर्ता गराएका छन्। शेरबहादुर भण्डारी अध्यक्ष रहेको उर्लाबारी उद्योग बाणिज्य संघमा नुतन एकमात्र त्यस्ता सदस्य थिए। जसले भागवण्डाका आधारमा कहिल्यै अवसर लिएनन्।

    खानपिन, बनभोज र घुमघाममा वाणिज्य संघमा जम्मा भएको पैसा खर्च नगरौं। ब्यापारी उद्योगीको हितमा काम गरौं भनेर कराउँदा कराउँदै नुतनका तीन वर्ष बिते। सदस्य पदमा जितेर तालि बजाउने र साक्षी किनार हस्ताक्षर गर्ने बाहेक कुनै काम गर्न नसकेकोका उनी अघिल्लो तीन वर्षको भोगाईप्रति खिन्न छन्।

    पदाधिकारीहरूले गरेका निर्णय मान्नैपर्ने। फरक मत राख्न खोजे बहुमतले हटाइदिने। पुरस्कार, सम्मान र अवसर प्रदान गर्दा आलोपालो र योगदानको आधारमा गरौं भन्दा सुनुवाई नहुने। यि र यस्तै सयौं एजेण्डामा नुतन कहिल्यै नेतृत्वसँग सहमत भएनन। उनले उठाएका एजेण्डामा कतिपय साथीहरू बैठकको च्याम्बरमा नपुगिन्जेल सहमत हुन्थे। तर, जब दाजु र बाहरूको फोन आउँथ्यो त्यसपछि तिनै साथीहरू नुतनका एजेण्डाबाट खुट्टा झिक्थे।

    नुतनले नगरपालिकाको साझेदारीमा धेरै कार्यक्रम गर्न सकिनेगरि एजेण्डा अघि ल्याए। ब्यापार तहसनहस भएको बेला घुमफिर नगरौं। बनभोज नजाऔं। सानो पैसा पनि कसैका लागि ठूलो हुन्छ भनेर प्रस्ताव राखे तर नुतनका प्रस्ताव कहिल्यै टेवल भएनन।

    उद्योग बाणिज्य संघ देशकै सबैभन्दा प्रतिष्ठित ब्यापारिक संस्था हो भन्ने बुझेका नुतनले संघको गरिमा उच्च राख्नुपर्छ भनेर पटकपटक बोले। तर, उनको आवाज बसेर बोल्दा कसैले सुनेनन। उठेर बोल्दा हावाले उठायो। त्यसैले यो पटक उनी कार्यकारी पदमा उमेद्वार बनेका छन्। उनले भने– वाणिज्य संघ पनि स्थानीय तह जस्तै हुने हो भने के फरक रह्यो र ?

    ३ दशक भन्दा लामो इतिहास बोकको उर्लाबारी उद्योग बाणिज्य संघमा २२ सय बढी सदस्य रहेको सुनेको थिए। आज १२ सय हाराहारीमा छन्। वाणिज्य संघसँग जोडिनुपर्छ भन्ने आकर्षण किन भएन। मैले बारम्बार सदस्यता शुल्क केही घटाएर भएपनि सबैलाई समेट्नुपर्छ भन्ने कुरा राख्दा हाँसो भयो तर, आज दलीय उमेद्वारहरू मेरो एजेण्डा बोकेर मत मागिरहनु भएको छ।

    सहरको एउटा कुनामा जुत्ता सिलाएर बस्ने हुन वा घडी मर्मत गरेर बस्ने। साग, तरकारी बिक्री गर्ने हुन वा ठेलामा चटपटे बिक्री गर्ने, सबै ब्यापारी नै हुन्। सानो मसला मिलदेखि ठूला उद्योग सबै उद्योग नै भएको बताउँदै नुतनले भने वस्तुगत संघ बनाउँ। सबै ब्यापारीलाई उर्लाबारी उद्योग वाणिज्य संघको छातामा समेटौं, भन्ने एजेण्डा लिएर मत मागिरहेको छु।

    नुतन एउटा भिजन बोकेर वाणिज्य संघको महासचिवमा उमेद्वार बनेको बताउँछन्। उनी भन्छन् – १२ सय सदस्यको नवीकरण गर्दा मात्र १७ लाख ६० हजार रुपियाँ संकलन भएको छ। संघमा स्रोत नभएको होइन। तर, नेतृत्वको काम गर्ने क्षमता पनि हुनुपर्छ। साझेदार संस्था खोजेर धेरै काम गर्न सकिन्छ। हाम्रो नेतृत्व चुनाव जितेपछि जहिल्यै कुहिरोको काग झै बन्छ। एउटा ब्यापारीलाई मास्केवारी रिपोर्ट बुझाउँदादेखि कर चुक्ता लिँदासम्म कर कार्यलयले दुख दिन्छ। त्यस विषयमा वाणिज्य संघले कहिल्यै सहजीकरण गर्न सकेको छैन।

    उनी भन्छन्– करदाता सेवा कार्यालय उर्लाबारीमा ल्याउने एजेण्डा दलका उमेद्वारहरूले समेत हटाए। तर,विगतका सबै सदस्यहरूले सदस्यता नवीरकण गरेर उर्लाबारीलाई ब्यापार मैत्री सहर बनाउने हो भने उर्लाबारी, मिक्लाजुङ र रतुवामाईका लागि अझै एउटा करदाता सेवा कार्यालय ल्याउन सकिन्छ।

    पछिल्लो ३ वर्षमा उर्लाबारीका ब्यापारीहरू दमक र पथरीमा गएर ब्यापार गरिरहेका छन्। उर्लाबारीका सटर खाली हुने, दमक र पथरीमा ब्यापारी जाने अवस्था किन आयो भन्ने विषयमा हामीले कहिल्यै छलफल गरेनौं। मैले यो विषयलाई पनि एजेण्डाको रुपमा अघि सारेको छु।

    उनी थप्छन्– बहुदलीय ब्यवस्थामा दलगत बिचार सिद्धान्त हुन्छ। तर, उत्तरमा मधुमल्ला, पूर्वमा दमक, पश्चिममा पथरी र दक्षिणमा दाम्राभिट्टाको ब्यापारले खुम्चिएको उर्लाबारीको ब्यापारलाई पुनः उठाउन एकपटक सबै ब्यापारी दलीय झोला कतै राखेर सामूदायिक प्रतिवद्धतासहित जुट्न ढिलो भइसक्यो।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...

    सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

    काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना...