News Portal

सरकाले गर्यो एकैसाथ ५९ सहसचिवकाे सरुवा

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडाैं। सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

प्राप्त जानकारी अनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपिकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुण्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ।

त्यस्तै, कृष्ण कुमारी क्षेष्ठ, सुमन दाहाल, चण्डी घिमिरे, यमलाल भुसाल प्रधानमन्त्री कार्यालय भित्रिएका छन् भने त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराईलाई बाहिर निकालिएको छ।

परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूचि पठाएको थियो। यद्यपि, सबैमा निर्णय नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...