News Portal

सरकाले गर्यो एकैसाथ ५९ सहसचिवकाे सरुवा

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडाैं। सरकारले विभिन्न ५९ सहसचिवको एकैसाथ सरुवा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

प्राप्त जानकारी अनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपिकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुण्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ।

त्यस्तै, कृष्ण कुमारी क्षेष्ठ, सुमन दाहाल, चण्डी घिमिरे, यमलाल भुसाल प्रधानमन्त्री कार्यालय भित्रिएका छन् भने त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराईलाई बाहिर निकालिएको छ।

परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूचि पठाएको थियो। यद्यपि, सबैमा निर्णय नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएकाे छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...