News Portal

भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छुट

हिमालीसंचार संवाददाता
२७१ पटक

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ।

यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी र गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत समेत गरिसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेका अनुसार उक्त दुई विमानस्थलमा उडानका लागि कम्पनीहरुले गरेको आग्रहअनुसार विभिन्न विषयमा छुटसहित कार्ययोजना बनाइएको छ।

उनका अनुसार कम्पनीहरुले सरकारसँग गरेको प्रस्तावअनुसार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण (क्यान)मार्फत लिनुपर्ने शुल्क केही समयका लागि अर्थात् २०८३ भदौसम्म नलिने प्रस्ताव गरिएको छ।

त्यसैगरी सोही समयका लागि पर्यटन बोर्डले प्रतिटिकट लिने गरेको शुल्क पनि दुई एयरपोर्टको हकमा नलिने, सरकारले टिकटमा लगाउने गरेको भ्याट नलिने र इन्धनमा छुटको प्रस्ताव गरिएको छ।

मन्त्री पाण्डेले भने, ‘इन्धनको विषय वाणिज्य मन्त्रालयसँग सम्बन्धित विषय भएकाले त्यसलाई काठमाडौंमा जति मूल्य छ त्योअनुसारको मूल्य भैरहवामा नलिने लगायतको विषय छलफल गरेर कार्ययोजना बनेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केही समयअघि बसेको बैठकपछि कार्यदल बनाएर विमानस्थल सञ्चालनको गृहकार्य गरिएको हो।

बैठकमा नागरिक उड्डयन मन्त्रालय र अरु सम्बन्धित मन्त्रालयहरु अर्थ, परराष्ट्र, श्रम, उद्योग वाणिज्य तथा आपूर्तिसमेतका मन्त्रीहरु र तिनका अरु प्रतिनिधिहरुसमेत उक्त बैठकमा सहभागी थिए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...