News Portal

भैरहवा र पोखराका विमानस्थल चलाउन २०८३ भदौसम्म कम्पनीहरुलाई यस्ता छुट

हिमालीसंचार संवाददाता
२९० पटक

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ।

यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले मन्त्रालयले तयार गरेको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी र गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत समेत गरिसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेका अनुसार उक्त दुई विमानस्थलमा उडानका लागि कम्पनीहरुले गरेको आग्रहअनुसार विभिन्न विषयमा छुटसहित कार्ययोजना बनाइएको छ।

उनका अनुसार कम्पनीहरुले सरकारसँग गरेको प्रस्तावअनुसार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण (क्यान)मार्फत लिनुपर्ने शुल्क केही समयका लागि अर्थात् २०८३ भदौसम्म नलिने प्रस्ताव गरिएको छ।

त्यसैगरी सोही समयका लागि पर्यटन बोर्डले प्रतिटिकट लिने गरेको शुल्क पनि दुई एयरपोर्टको हकमा नलिने, सरकारले टिकटमा लगाउने गरेको भ्याट नलिने र इन्धनमा छुटको प्रस्ताव गरिएको छ।

मन्त्री पाण्डेले भने, ‘इन्धनको विषय वाणिज्य मन्त्रालयसँग सम्बन्धित विषय भएकाले त्यसलाई काठमाडौंमा जति मूल्य छ त्योअनुसारको मूल्य भैरहवामा नलिने लगायतको विषय छलफल गरेर कार्ययोजना बनेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केही समयअघि बसेको बैठकपछि कार्यदल बनाएर विमानस्थल सञ्चालनको गृहकार्य गरिएको हो।

बैठकमा नागरिक उड्डयन मन्त्रालय र अरु सम्बन्धित मन्त्रालयहरु अर्थ, परराष्ट्र, श्रम, उद्योग वाणिज्य तथा आपूर्तिसमेतका मन्त्रीहरु र तिनका अरु प्रतिनिधिहरुसमेत उक्त बैठकमा सहभागी थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...