News Portal

  • स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै

    हिमालीसंचार संवाददाता
    २६८ पटक

    वालिङ। स्याङ्जामा एक वर्षको अवधिमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या ५ हजारभन्दा बढी रहेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०/८१ मा स्याङ्जाबाट ९ हजार ४ सय ८७ जनाले नागरिकता लिएका थिए। सोही अवधिमा १४ हजार ८ सय २२ जनाले राहदानी लिएका छन्।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल १५ हजार एक सय ९३ राहदानी सिफारिस गरिएको थियो। सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो।

    गत आवमा राहदानी बनाएकामध्ये तीन सय ७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए। सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता ४ हजार ९ सय ४ वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए।

    सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट ४ हजार ५ सय ८३ नागरिकता वितरण भएका थिए। दुवै कार्यालयबाट गत आवमा कूल ९ हजार ४ सय ८७ नागरिकता वितरण भएका थिए।

    स्याङ्जाबाट वैवाहिक अङ्गीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए। स्याङ्जाबाट १९ र वालिङबाट ५ वैवाहिक अङ्गीकृत नागरिकता वितरण भएका थिए।

    कूल १४ हजार ८ सय २२ राहदानीमध्ये स्याङ्जाबाट ७ हजार ४ सय ४३ र वालिङबाट ७ हजार ३ सय ७९ वितरण भएका थिए।

    ‘जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्’, उनले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न...

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको...

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...