News Portal

  • निर्मला पन्तका आमाबुवा अनिश्चितकालीन धर्नामा, हत्यारालाई पक्राउ गर्न माग

    हिमाली संचार संवाददाता
    ५८४ पटक

    कञ्चनपुर : भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारबाट आमाबुवा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।
    छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त स्थानीय प्रशासन कार्यालय अगाडि अनिश्चितकालस्न धर्नामा बसेका हुन् ।

    आइतबार धर्ना बस्नुअघि मदनचोकबाट सुरु भएको दबाव र्‍यालीमा नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थीहरु सहभागी थिए ।
    नागरिक समाजका अगुवा नरबहादुर साउदले निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने बताए । ‘निर्मलाका वुवा/आमा यति धर्नामा बस्नुहुन्छ’ उनले भने, ‘उहाँहरुलाई हाम्रो सहयोग रहन्छ ।’

    निर्मलाका आमा दुर्गादेवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसेको भन्दै दुखेसो पोखिन् । ‘यतिका दिनसम्म हत्यारा पत्ता लगाउन नसकेकाले धर्ना बस्न बाध्य भएका छौं’ उनले भनिन्, ‘हत्यारा सार्वजनिक गर्न सरकार गम्भीर बनोस् ।’

    १० साउनमा साथी रोशनी बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले लारपवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट बर्खास्तसमेत भएका छन् । तर, अझैसम्म हत्या पत्ता लागेको छैन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ८ गतेको राशिफल

    आज असोज ८, २०८२ (सेप्टेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र...

    तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात...

    सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

    काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि...

    काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १...