News Portal

युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किए

पूर्णप्रसाद न्यौपाने
५२८ पटक

काठमाण्डौ। संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन्।

बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका ओखलढुंगाको चिसंखुगढी गाउँपालिका– ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर स्वदेश फर्किएका हुन्।

श्रेष्ठलाई ३ जुन २०१९ मा नवलपरासीको मध्यविन्दु नगरपालिका– ११ का बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो।

सोही घटनामा धादिङको नेत्रवती गाउँपालिका– ४ का पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो। पहलमान अहिले पनि युएईको सारजाह जेलमा छन्।

हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति एक लाख ५० हजार युएई दिराम (जम्मा तीन लाख) दिराम पीडित परिवारलाई नेपालमा दिने तथा पाँच वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो।

जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि भुवन बुधबार साँझ सारजाहबाट रिहाइ भई राति एयर अरबियामार्फत नेपाल फर्किएका हुन्।

पाँच वर्षदेखि युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ र थापालाई बचाउन नेपालमा रकम संकलन अभियान चलाइएको थियो।

भुवनका बुबा यमनारायण श्रेष्ठको याचनामा ओखलढुंगा जिल्लावासीले सुरु गरेको सहयोग संकलन अभियानमा देश–विदेशबाट रकम जम्मा भएको थियो।

अदालतले फैसलामा तोकेअनुसारको रकम पीडित परिवारलाई बुझाएपछि मृत्युदण्डको सजाय तोकिएका श्रेष्ठ र थापाको उद्धारको पहल सुरु भएको थियो। भुवन नेपाल फर्किए पनि पहलमान अझै जेलमै छन्। कानुनी प्रक्रिया पूरा गरेर उनलाई पनि नेपाल फर्काउने पहल भइरहेको छ।

आफ्नो श्रीमान् बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि वैदेशिक रोजगारीकै क्रममा युएईमा भएको र उनैले किटानी जाहेरीसहित अनुसन्धानका लागि निवेदन दिएकी थिइन्।

सोही उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाइ भएको थियो।

नेपाली दूतावास आबुधाबीले पीडितका तर्फबाट बहस पैरवी गर्न दूतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमलाई खटाएको थियो।

नेपाल फर्किएका भुवनलाई आफन्त र जिल्लावासीले स्वागत गरेका छन्। नेपाल फर्किएपछि भुवनले आफूहरूलाई उद्धारका लागि पहल गर्ने रकम संकलन गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...