News Portal

रथी सिग्देलको उमेरबारे केही विवाद छैन : नेपाली सेना

हिमालीसंचार संवाददाता
३३३ पटक

काठमाडौँ। नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर सम्बन्धी कुनै विवाद नरहेको प्रष्ट्याएको छ।

बिहीबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्ट्याएका हुन्।

‘तत्कालीन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ सहायक रथी केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाए।

उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए। त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए।

‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनुभएको थियो। जसमा रुपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ सहायक रथी केसीले भने।

दुवै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताए। उनले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्म मिति रहेको बताए।

एसएलसीको प्रमाणपत्र देखाउँदै उनले जन्म मिति २०२३/१०/१९ रहेको बताए। जुन २०४० साल भदौ २९ गते जारी भएको थियो।

अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र रहेको छ,’ सहायक रथी केसीले भने, ‘जसमा २०२३/१०/१९ नै छ। नेपाली सेनामा भर्ना हुँदा पनि यही नागरिकता र यही प्रमाणपत्र पेस गरेर भर्ना भएको हो।’

प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदै छ। त्यसपछि रथी सिग्देल प्रधानसेनापति हुनेछन्।

सिग्देलको उपरथीबाट रथीमा बढुवा हुने बेला नै उमेरलाई लिएर विवाद भएको थियो। तर विवाद आएसँगै नेपाली सेनाले उनको नागरिकताको विषयमा छानबिन गरी कुनै समस्या नरहेपछि उनको बढुवा गरेको थियो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...