News Portal

रथी सिग्देलको उमेरबारे केही विवाद छैन : नेपाली सेना

हिमालीसंचार संवाददाता
३४९ पटक

काठमाडौँ। नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर सम्बन्धी कुनै विवाद नरहेको प्रष्ट्याएको छ।

बिहीबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेर सम्बन्धमा कुनै विवाद नरहेको प्रष्ट्याएका हुन्।

‘तत्कालीन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता म देखाउन चाहन्छु,’ सहायक रथी केसीले सिग्देलले लिएको पहिलो नागरिकता देखाए।

उक्त नागरिकतामा सिग्देलको उमेर १७ वर्ष भनेर उल्लेख गरिएको बताए। त्यस्तै २०५८ जेठ ८ गते जाजरकोट जिल्ला प्रशासनबाट नागरिकताको प्रतिलिपि लिएको उनले बताए।

‘पहिले जारी भएकै नागरिकताको प्रतिलिपि लिनुभएको थियो। जसमा रुपन्देहीबाट जारी भएको विवरण कुनै पनि फरक नपरेको देखिन्छ,’ सहायक रथी केसीले भने।

दुवै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति रहेको उनले बताए। उनले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र पनि सार्वजनिक गरी त्यही जन्म मिति रहेको बताए।

एसएलसीको प्रमाणपत्र देखाउँदै उनले जन्म मिति २०२३/१०/१९ रहेको बताए। जुन २०४० साल भदौ २९ गते जारी भएको थियो।

अर्को २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्र रहेको छ,’ सहायक रथी केसीले भने, ‘जसमा २०२३/१०/१९ नै छ। नेपाली सेनामा भर्ना हुँदा पनि यही नागरिकता र यही प्रमाणपत्र पेस गरेर भर्ना भएको हो।’

प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल यही भदौ २४ गते सकिँदै छ। त्यसपछि रथी सिग्देल प्रधानसेनापति हुनेछन्।

सिग्देलको उपरथीबाट रथीमा बढुवा हुने बेला नै उमेरलाई लिएर विवाद भएको थियो। तर विवाद आएसँगै नेपाली सेनाले उनको नागरिकताको विषयमा छानबिन गरी कुनै समस्या नरहेपछि उनको बढुवा गरेको थियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...