News Portal

बाँकेबाट हुण्डी कारोबारीमा संलग्न चार जना युवा पक्राउ

“साढे २४ लाख बढी नगदसहित उनीहरु पक्राउ परेका हुन्!”

हिमालीसंचार संवाददाता
३०९ पटक

असार-२९, शनिवार/बाँके – बाँकेमा साढे २४ लाखभन्दा बढी रकमसहित चार जना हुण्डीकारोबारी युवाहरुलाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका-१८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज-३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका-७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका-७ घर भइ बाँकेको नेपालगञ्ज-३ बस्ने ३० वर्षीय राहुल देवल पक्राउ परेका हुन्।

प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज-१२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले स्थानीय ताराकुमारी बिसीको घर भाडामा संचालित नबिल रेफ्रीजेरेटर एण्ड एयर कन्डिसन वर्कशपबाट उनीहरुलाई विशेष गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेर प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अवैध रुपमा हुण्डीकारोबार हुँदै आएको भन्ने स्थानीयको गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएका प्रहरीले छापा मारेको थिए।

प्रहरीलेपसलमा खानतलासी गर्दा बैंकमा पैसा जम्मा गरेका भौचरहरु, हिसाब किताब राखेको नोट बुकसहित नगद २४ लाख ६२ हजार ३१५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। आजको सेतोपाटीमा यो खबर छ। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...