News Portal

  • बोलिभियामा ‘कू’ प्रयास असफल, सेना प्रमुख पक्राउ

    हिमालीसंचार संवाददाता
    ४२६ पटक

    एजेन्सी। दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ। बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए।

    यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए। तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो।

    यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए। त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो।

    यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे। प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताए। आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो।

    असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए। उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए।

    बोलिभियाका स्थानीय सञ्चारमाध्यमका अनुसार जनरल जोसलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो। उनले पूर्व राष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो।

    स्थानीय पत्रकारहरूका अनुसार जनरल जोस कू प्रयासको क्रममा केही समयका लागि दरबारमा प्रवेश गरेका थिए। उनीहरुको सुरक्षाका लागि नजिकै मास्क लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

    सरकारको आलोचना गर्दै प्रधानसेनापतिले पक्राउ परेका केही राजनीतिज्ञ र सेनाका सदस्यलाई रिहा गर्न माग गरेका थिए।

    जनरललाई पक्राउ गरेपछि राष्ट्रपतिले तीनै सेनाका कमाण्डर जनरललाई हटाउने घोषणा गरेको थियो। यसपछि जनरल जोस विल्सन सान्चेजलाई नयाँ सेना प्रमुख नियुक्त गरियो।

    देशको महान्यायाधिवक्ताको कार्यालयले विद्रोहमा संलग्न जनरल होज र अन्य सैन्य अधिकारीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। उनीहरूलाई कडा सजाय दिइनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...