News Portal

नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

हिमालीसंचार संवाददाता
४६९ पटक

काठमाडौँ। नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीको किनारमा खसेको छ।

चितवनको फिस्लिङ बजार नजिक बस दुर्घटना भएको हो।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस शुक्रवार बिहान साढे ७ बजेतिर त्रिशुली किनारमा खसेको हो।

दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ। तिब्र गतीमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुली किनारमा खसेको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...