News Portal

  • नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    काठमाडौँ। नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो।

    राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

    घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्‍याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन्।

    तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ।

    सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरेपनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन।

    प्रतिकृया दिनुहोस्

    ९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

    असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट...

    रंगेली नगरपालिकाको ७२ करोडको बजेट सार्वजनिक

    असार-११,मंगलबार/मोरङ – मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौं नगरसभा   सोमबार सार्वजनिक गरेको छ। नगरले  आर्थिक...

    मोरङमा सशस्त्र प्रहरीद्वारा विद्यार्थीहरूलाई खुल्ला सिमानाको विषयमा अन्तरक्रिया सचेतना कार्यक्रम प्रदान

    असार-११,मंगलबार/मोरङ – शान्ति उद्वार, सुरक्षा सदा बराह रक्षित सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका...

    अमेरिकी डलरको भाउ घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड ?

    काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको...

    युएइमा अन्तराष्ट्रिय सेफ सोसाइटी लगायदका संस्थाले तीन नेपालीलाई सम्मान गरे

    असार-१०, सोमबार/युएइ – वैदेशिक रोजगारीको सिलसिलामा युएईमा श्रमरत तीन जना नेपाली सम्मानित भएका छन्।आफ्नो मिहिनेत,...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal