News Portal

मोरङमा सशस्त्र प्रहरीद्वारा विद्यार्थीहरूलाई खुल्ला सिमानाको विषयमा अन्तरक्रिया सचेतना कार्यक्रम प्रदान

रबिन्द्र बराल, मोरङ
२६४ पटक

असार-११,मंगलबार/मोरङ – शान्ति उद्वार, सुरक्षा सदा बराह रक्षित सुरक्षित सीमा सुरक्षित जीवन भन्ने मूल नाराका साथ खुल्ला सिमानाका विषयमा विद्यार्थीहरूलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

प्रदेश सरकार आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको समन्वय र सहकार्य तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित उक्त कार्यक्रम गरिएको थियो।

रङ्गेली ४ स्थित वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा गणेश माध्यमिक विद्यालय चोप्राहामा अध्ययन  गर्ने कक्षा ८, ९ र १० का छात्रा-छात्राहरूलाई खुल्ला सीमानाका बिषयमा जानकारी समेत गराएका थिए। सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक नवीन अधिकारीले सिमाका बिषयमा विद्यार्थीहरूलाई जानकारी समेत गराएका थिए ।    

नियन्त्रित सीमा प्रणाली, बन्द सीमा प्रणाली, सीमा भनेको दुई देश वा दुई भु-भागलाई छुट्याउने रेखा, चिन्ह, भौतिक संरचना, जमिन भाग वा जलिय भाग भएको र सीमा भनेको राजनीतिक वा भौगोलिक विभाजन, देश, प्रदेश, जिल्ला, स्थानीय तह वा कुनै पनि दुई भु-भागलाई एक अर्कामा छुट्याउन सहज हुने र  सीमा विभिन्न सन्धि, सम्झौता, समझदारी तथा प्रयोगको आधारमा निर्धारण गरिएको र जमिनमा भौतिक चिन्ह वा स्वरुपले र नक्सामा रेखाले सीमा निर्धारण गरिए बिषयमा अधिकारीले जानकारी गराएका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरीका दिवाकर राउत, रङ्गेली बेस क्याम्पका प्रहरी निरीक्षक राजु श्रेष्ठ स्थानीय बुद्धिजी समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...