News Portal

मोरङको कटहरी गाउँपालिका स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
३७१ पटक

असार-१०,सोमबार/मोरङ – मोरङको कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय सांस्कृतिक प्रतियोगितात्मक सम्पन्न भएको छ ।कटहरी-४ खयरबना स्थित श्री आधारभुत विद्यालयको प्राङ्गणमा भएको एक कार्यक्रममा पालिकाभित्रका रहेका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालयका कक्षा १ देखि १२ सम्मका जम्मा ११ वटा विद्यालयहरुको  सहभागी रहेको थिए ।

प्रतियोगितामा बालबालिकाहरुले विभिन्न गीत गाउनुका साथै नृत्य समेत गरेर उपस्थित अतिथि तथा अभिभावकहरुलाई समेत मनोरञ्जन गरेका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ गायन विधामा श्री आधारभुत विद्यालयकी छात्रा गायत्री मगर प्रथम, सोहि विद्यालयकी बिना कुमारी उराव दोश्रो र प्रजातन्त्र माध्यमिक विद्यालयकी बालसरी उराव तेश्रो  भएकी छिन ।

त्यसैगरी नृत्यतर्फ भगवती आधारभुत विद्यालय प्रथम, श्री आधारभुत विद्यालय दोश्रो र जनता माध्यमिक विद्यालय तेश्रो भएका छन । संस्थागत विद्यालय नृत्यतर्फ ध्रुवतारा बोर्डिङ प्रथम, क्रिम्शन नेशनल पब्लिक स्कुल दोश्रो र राष्ट्रिय आदर्श विद्या मन्दिर तेश्रो भएका थिए   

बिजेता विधार्थीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर बस्नेत, विभिन्न बिधालयका प्राध्यापक, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिध  लगायतले प्रतियोगिताका विजयी प्रथम, दोश्रो र तेश्रोलाई क्रमश दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामाग्री, मेडल र प्रमाणपत्र  प्रदान गरिएको श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलवहादुर  बस्नेतले बताए । 

सो गाँउपालिकाले कटहरी भित्रका सरकारी बिधालयहरुका शिक्षकहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। विद्यालयहरुले बिधार्थीहरुका लागि खेलकूद लगायत विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको र आगामी दिनहरुमा समेत  विद्यालयले सैक्षिक सुधारका लागि समेत विभिन्न कार्य गर्दैं लैजाने बस्नेतले जानकारी समेत दिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...