News Portal

मोरङको रंगेली अस्पताललाई सद्भावद्वारा तीन थान थ्री सिट सहयोग गरे

रबिन्द्र बराल, मोरङ
२५८ पटक

असार-९, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित रहेको रंगेली अस्पताललाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले ओपिडीमा उपचार गराउन आउने बिरामी तथा कुरुवाहरुका लागि विश्राम गर्नका लागि ३ थान थ्री सिट भएको कुर्सी उपलब्ध गराएको छ ।

संस्थाले एक कार्यक्रमको आयोजना गर्दे अस्पतालका मेसु बसन्त कुमार साह,  अध्यक्ष देवमणी कटुवाल, सद्भावका अध्यक्ष कमलेश्वर ठाकुर, श्री प्रसाद ठकुर लगायतका सहभागितामा अस्पताल प्रशासनलाई ५० हजार रुपैयाँ बराबरको कुर्सी  प्रदीन गरेका हुन् । 

उक्त सहकारीले विगतका वर्षहरूमा समेत अति वित्पन्न तथा गरिब परिवारहरूलाई समेत आर्थिक सहयोग गर्दै आइरहेका भए पनि उनीहरुले विभिन्न सामाजिक संस्थाहरुमा समेत सहयोगको भावना सदैव राख्दै जाने र आगामी दिनमा समेत यस्तो कार्यलाई निरन्तरता दिने संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिएका छन्।

अस्पतालका अध्यक्ष देवगणी कटुवालका अनुसार विगतका वर्षहरूमा समेत सद्भाव  बचतले कोरोनाको समय तथा अन्य समयमा समेत अस्पताललाई विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा यस्तो सहयोग गर्दै जाने अपेक्षा समेत राखेका छन्।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...