News Portal

सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

हिमाली संचार संवाददाता
६५० पटक

म्याग्दी– बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् ।

जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका हुन् ।

यहाँ सङ्कलन हुने फोहर सडकमै फालिएकाले दुर्गन्धका साथै दुर्घटनाको जोखिमसमेत बढेको गलेश्वरका दीपक कार्कीले बताउनुभयो । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको जलेश्वरस्थित कालीगण्डकी किनारमा गत साउनदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण लागिएकाले सडक छेउमै फोहर फालिएको हो ।

निर्माण भएको केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ हुँदा नगरपालिकाले सडकमै फालेको फोहरले म्याग्दीको बारेमा नकारात्मक सन्देश फैलिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

म्याग्दी भ्रमण वर्ष मनाइरहेका बेला उत्तरी म्याग्दीको प्रवेशस्थलमा फोहर फालिनु नगरपालिकाको गम्भीर लापर्बाही भएको कार्कीको भनाइ थियो । बेनपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले फोहर व्यवस्थापनमा खटिएका कर्मचारीको कमजोरीले फोहर व्यवस्थापनमा समस्या देखिएको बताउँदै आवश्यक उपकरण र प्रक्रिया पूरा गरेर फोहर व्यवस्थापन केन्द्र सञ्चालन गरिने जानकारी दिनुभयो ।

बेनी बजारको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यले उक्त नगरपालिको वडा नं ८ र ९ को सिमाना रातोपहिरोमा रु ४७ लाखको लागतमा उक्त केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कुहिने फोहरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...