News Portal

सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

हिमाली संचार संवाददाता
६०५ पटक

म्याग्दी– बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् ।

जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका हुन् ।

यहाँ सङ्कलन हुने फोहर सडकमै फालिएकाले दुर्गन्धका साथै दुर्घटनाको जोखिमसमेत बढेको गलेश्वरका दीपक कार्कीले बताउनुभयो । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको जलेश्वरस्थित कालीगण्डकी किनारमा गत साउनदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण लागिएकाले सडक छेउमै फोहर फालिएको हो ।

निर्माण भएको केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ हुँदा नगरपालिकाले सडकमै फालेको फोहरले म्याग्दीको बारेमा नकारात्मक सन्देश फैलिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

म्याग्दी भ्रमण वर्ष मनाइरहेका बेला उत्तरी म्याग्दीको प्रवेशस्थलमा फोहर फालिनु नगरपालिकाको गम्भीर लापर्बाही भएको कार्कीको भनाइ थियो । बेनपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले फोहर व्यवस्थापनमा खटिएका कर्मचारीको कमजोरीले फोहर व्यवस्थापनमा समस्या देखिएको बताउँदै आवश्यक उपकरण र प्रक्रिया पूरा गरेर फोहर व्यवस्थापन केन्द्र सञ्चालन गरिने जानकारी दिनुभयो ।

बेनी बजारको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यले उक्त नगरपालिको वडा नं ८ र ९ को सिमाना रातोपहिरोमा रु ४७ लाखको लागतमा उक्त केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कुहिने फोहरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...