News Portal

  • दिक्तेल बजारमा भीषण आगलागी हुँदा २ घर खरानी, तीन घरमा क्षति !

    ६३४ पटक

    उत्तम चौलागाँई
    दिक्तेल : खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित रत्नपार्कमा सुक्रबार विहान आगोलागी भएको छ। स्थानीय अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगो भर्खरै नियन्त्रणमा आएको हो। आगोलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ स्थित रत्नपार्कका स्थानीय कृष्ण श्रेष्ठ र अम्बिका बुढाथोकीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

    आगोलागीबाट राजु श्रेष्ठ, रविध्वजर राई र पेले गुरुङको घरमा समान्य क्षति पुगेको छ। बुढाथोकीको पूजा कोठाबाट विहान करिव ३ बजेबाट उठेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ। बजारवासी, स्थानीय, नेपाली सेना, प्रहरी, सशत्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रण भन्दा बाहिर गएपछि अन्तमा स्काईभेटरेको प्रयोग गरेर घर भत्काएपछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए।

    आगोलागीबाट अनुमानित एक करोड भन्दा बढीको क्षति भएको उनको छ। समान्य क्षति पुगेका ३ घरको छाना भत्काएर अन्य घरलाई आगोबाट जोगाईएको स्थानीयले बताएका छन्। स्थानीयले आगो नियन्त्रणका लागि पानी, हिलोलगायका समाग्रीको प्रयोग गरेका थिए।

    आगो तत्काल नियन्त्रण गर्ने विकल्पको रुपमा रहेको दम्कल यो नगरपालिका छैन। पहिलेको दिक्तेल नगरपालिका हुँदा खरिद गरिएको दमकल विग्रिएर थन्किएको छ। स्थानीयले बजारवासीले नगरपालिकालाई दैविक प्रकोप हुन सक्ने भनेर पटक–पटक अनुरोध गरेपनि नगरपालिकाले दम्कलको व्यवस्था गर्ने चासो नदेखाउँदा बजारवासीले वर्षेनी ठुलो क्षति व्यहोर्दै आउँनु परेको छ। बाक्लो बजार र जस्ताको छाना मात्र भएको दिक्तेलबजार आगो लागी भए जोगाउँने सम्भावना न्यून छ। तर नगरपालिकाले दमकलको व्यवस्थापन गर्न नसक्नु नगरको ठुलो कमजोरी भएका भन्दै स्थानीय नगरपालिकासंग आक्रोशत बनेका छन्।

    करिव २ वर्ष अघि बिद्युत सर्ट भएर सोहि स्थानमा आगोलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए। सो वेला हिरालाल पुरीको घरमा बिद्युत सर्ट भएर लागेको आगोले छिमेकी केशव दाहाल र दानबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। रविध्वज राई र  हर्क बहादुर राईको घरको छानो फालेर अन्य घर जोगाईएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...