News Portal

प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

नारायण रिजाल
२९१ पटक

बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकतको विषयलाई लिएर तालाबन्दी गरेको हो।

गत साता हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत एक साता नहुँदै सरुवा भएपछि एमालेले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

गत वैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा हाजिर भएका जीवन पुनमगर एक साता नबित्दै सरुवा भएपछि एमाले निसीखोलाले आन्दोलनस्वरूप तालाबन्दी गरेको हो।

यसअघि दुईजना प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुख सूर्यबहादुर घर्तीले हाजिरै गर्न नदिई फिर्ता पठाएका थिए।

निसीखोलाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका ध्रुव रिजाल र चूर्णबहादुर कार्कीलाई हाजिर नै नगराई फर्काइएपछि गाउँपालिका निमित्तको भरमा चलिरहेको छ।

प्रसासकीय अधिकृत पुनको वैशाख १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भएको छ।

‘पटक-पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रकट गरेको छ,’ एमाले निसीखोलाका अध्यक्ष भूमिराज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निमित्तको भरमा पालिका चलाउने सीमित जनप्रतिनिधि र केही कर्मचारीको मिलेमतोमा गरिएको क्रियाकलापको भण्डाफोर गर्न तालाबन्दीसँगै धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तीले बताए।

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने कार्य तत्काल सच्याउँदै स्थानीय सरकार मर्यादित रूपमा सञ्चालन गर्न गरिएको आग्रह बेवास्ता गरे।

आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने एमाले निसीखोलाले चेतावनी दिएको छ। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने घर्तीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...