News Portal

गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो।

२०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाईसमेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

यसअघि यस मुद्दा तीनपटक हेर्न नभ्याइने, एकपटक बेन्च बस्न नभ्याइनेमा परेको थियो। तर बुधबार भने न्यायाधीश श्रेष्ठको इजलासले कारण देखाऊ आदेश दिएको हो।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए। वर्तमान जनमत पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवसमेत जोडिएको उक्त घटना ‘गौर हत्याकाण्ड’का रुपमा चर्चित छ।

उक्त हत्याकाण्डमा उपप्रधानन्त्री यादवको संलग्नता रहेको आरोप लागेको छ। पछिल्लो समय आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा सदनमा समेत उठाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...