News Portal

गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो।

२०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाईसमेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

यसअघि यस मुद्दा तीनपटक हेर्न नभ्याइने, एकपटक बेन्च बस्न नभ्याइनेमा परेको थियो। तर बुधबार भने न्यायाधीश श्रेष्ठको इजलासले कारण देखाऊ आदेश दिएको हो।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए। वर्तमान जनमत पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवसमेत जोडिएको उक्त घटना ‘गौर हत्याकाण्ड’का रुपमा चर्चित छ।

उक्त हत्याकाण्डमा उपप्रधानन्त्री यादवको संलग्नता रहेको आरोप लागेको छ। पछिल्लो समय आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा सदनमा समेत उठाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...