News Portal

  • नेपाल-भारत सिमाक्षेत्रका किसानहरु मकै खेतीमा आर्कषित

    रबिन्द्र बराल, मोरङ
    ३२८ पटक

    बैशाख-२, आइतबार/मोरङ – मोरङको सिमावर्ती क्षेत्रमा कृषि पेशामा आश्रीत कृषकहरुले अहिले बिगतका बर्षहरु भन्दा यस बर्ष मकै खेतीमा आकर्षित भएका छन्।

    अन्य अन्न-बालीको तुलनामा मकै खेतीबाट राम्रो आमदानी हुने र मेहनत अनुसार बजार मूल्य पनि राम्रो पाउने भएको हुनाले मकै खेतीतर्फ कृषकहरु  आकर्सित हुन थालेका हुन। बलौटे माटोमा समेत मकैं राम्रो उत्पादन हुन थालेपछि अहिले हरेका स्थानमा मकै खेती देख्न सकिन्छ । 

    बिगतका बर्षहरुमा धान बाली भित्राएपछि गहुँको  खेती गर्दे आईरहेका कृषकहरूले गहुँ बालीबाट सोचे अनुसार आम्दानी नभएपछि अहिले मकै बाली लगाउन थालेका हुन। फाल्गुन महिनामा रोपेर जेष्ठ  महिनामा मकै बाली भित्र्याउने र अरु बाली भन्दा मकै खेतीमा  धेरै खर्च र मेहनत गर्नुपर्ने भएता पनि राम्र आम्दानी हुने भएपछि कृषकहरु सोही बाली लगाउन थालेका रंगेलीका कृषक राजकुमार राजवंशीले बताए। 

    अहिले रंगेली, सुनवर्षी, रतुवामाई, जहदा, धनपालथान, कानेपोखरी लगायत आसपासका सयौं बिधा खेतहरुमा आँखाले समेत नभ्याउने गरि मकैखेती देख्न सकिन्छ। गहुँ बाली लगाउदा थोरै मेहनत भएता पनि आम्दानी कम भएको कारणले मकै खेती यस भेगमा लगाउन थालेका हुन। 

    एक बिधा खेतमा बिउ, मलखाद, पानी गोडमेल गर्ने डेर लाख रुपैयाँ सम्म  खर्च हुने भएता पनि मकै बिक्रीवितरण गर्ने समयमा राम्रो बजार भाउ हुने भएको हुनाले आफुहरुले मकै खेती नै गरेको स्थानीय कृषक मनोहर साहले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...