News Portal

प्युठानमा नेकपाबाट निर्वाचित वडाध्यक्षले कुटे शिक्षक !

हिमाली संचार संवाददाता
५०४ पटक

प्युठान : जनता माबि टिमुरचऔर प्युठानका शिक्षक सिद्विमान एमसि माथि झिमरुक गाउँ पालिका-८मा नेकपाबाट निर्वाचित वडाध्यक्ष तुलस बस्नेतले गम्भीर घाईते हुने गरि अाक्रमण गरेका छन ।

बिद्यालय ब्यबस्थापन समिति, बिद्यालय अभिभावक समिति र बिद्यालयका बिचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसिले राखेका बिद्यालय सुधार एजेण्डा र वडाध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भए पछि वडाध्यक्ष आक्रामक भएका थिए ।

बिद्यालयको बैठकमै कुटिएका शिक्षक एमसिको टाउकोमा गम्भीर चोट लागेको छ । शिक्षकको टाउकोमा ५ वटा टाँका लगाईएको छ । त्यस्तै शिक्षक एमसिले आफु असुरक्षित भएको भन्दै अहिले बागदुलामा आफन्त कहाँ बसेका छन् ।

झिमरुक गाउँपालिका ८ का नेकपाका वडाध्यक्ष बस्नेतले शिक्षकको टाउकोमा कुर्चि प्रहार गरेका थिए । उता वडाध्यक्षले भने घटना भने जस्तो गम्भीर नभएको तर आफुलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन। हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...