News Portal

  • युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    हिमालीसंचार संवाददाता
    २५३ पटक

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ।

    युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो।

    विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ।

    ‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया एलएलसी कम्पनीमा श्रमिक पठाउने छनोट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका श्रमिकको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

    रसियामा धेरै नेपाली युवा गैरकानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कविहीन भइरहेका बेला श्रम मन्त्रालयले फेरि औपचारिक रूपमा श्रमिक पठाउने निर्णयको विषयलाई लिएर आलोचनासमेत हुन थालेको छ।

    मन्त्रालयले पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेपनि गोप्य रूपमा राखिएको सो निर्णयलाई वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल आएपछि मात्रै चैत १४ गते विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...