News Portal

  • विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

    हिमाली संचार संवाददाता
    ४४२ पटक

    सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय गर्न पाउने छ ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा यहाँ आज बसेका सर्वदलीय, सर्वपक्षीय बैठकले मदिरा व्यवसायीले बेलुका ८ बजेसम्म, रेष्टुरेण्ट व्यवसायीले राति ८ः३० बजेसम्म र होटलले ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

    तिहार र छठलाई लक्षित गरी लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा बसेको बैठकले पान पसललाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ

    विद्यालय तथा धार्मिक क्षेत्र वरिपरी मदिरा बेचबिखन, सेवन तथा उपभोग गर्न नपाइने व्यवस्था गर्न स्थानीय तहसँग अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

    नेपाल र भारत सिमाको दशगजा क्षेत्रबाट एक किलोमिटरभित्र कुनै पनि प्रकारको मदिरा, मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनलाई पूर्ण रुपले रोक लगाउने निर्णय गरिएको प्रजिअ पौडेलले बताए ।

    चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि पनि सबैसँग उनले आग्रह गरे । विशेष चाडपर्व सुरक्षा योजनानुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

    यसैगरी वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको टोलीले राजविराज नगरपालिका–११ स्थित झल्ही, फर्सेठ र राजविराज १५ स्थित देउरीभरुवाका करीब २०० घरमा लगाएको एक हजार ५०० गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ८ गतेको राशिफल

    आज असोज ८, २०८२ (सेप्टेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र...

    तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात...

    सुमना श्रेष्ठलाई पार्टीमा फर्काउने सम्भावना, कार्यदल बनाउने प्रस्ताव

    काठमाडौं, असोज ७ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टी छाडेकी पूर्वसांसद सुमना श्रेष्ठलाई फेरि...

    काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १...