News Portal

मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

आजको मौसम
५६४ पटक

चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान पूर्वाञ्चलको कोशी प्रदेशलगायत देशका उच्च हिमाली तथा पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रहने समेत महाशाखाले जनाएको छ।

आज बुधबार अपराह्न कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका केही उच्च हिमाली तथ पहाडी भूभागहरुमा मौसम बदली रही बाँकी केहि भूभागहरुमा मौसम आंशिक बदलीदेखि सामान्यतय मौसम सफा रहने समेत महाशाखाले उल्लेख गरेको छ। 

यता, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज साझ देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...