News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा चट्याङसहित हल्का बर्षा, हिमाली भेगहरुमा हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान
३४५ पटक

चैत्र-१२, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रहि अन्य भूभागहरुमा मौसम आंशिक बदली रहने जनाएको छ। 

आज पूर्वको कोशी, मधेस, बागमती  र गण्डकी प्रदेश लगायत देशका उच्च पहाडी भूभागहरुमा केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। 

देशका केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा समेत हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ भने भोली मंगलबार  देशको केही उच्च पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रहि अन्य केही भूभागहरुमा मौसम आंशिक बदली रहने समेत जनाएको छ। 

यता कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै केही उच्च पहाडी भूभागहरुमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना साथै हिमाली क्षेत्रहरुमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...