आज : २०२६-०९-२१, सोमबार

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा सामान्यतय मौसम बदली रहने

चैत्र-३, शनिबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशको उच्च पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही अन्य भूभागहरुमा आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज अपह्रान्न देशभर आंशिकदेखि सामान्यतय मौसम बदली रहने सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुको केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेको छ।

आज साझ देशभर आंशिक मौसम बदलीदेखि मौसम सामान्यतय सफा रहने समेत महाशाखाले जनाएको छ। यता, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।