News Portal

नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बन्यो भाइबर

हिमालीसंचार संवाददाता
१०८८ पटक

काठमाडौँ। सामाजिक संजाल भाइबर नेपालमा दर्ता भएको छ। योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बनेको छ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो।

सामाजिक संजाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक संजाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो।

लिंकदिन् र स्न्याप च्याट पनि दर्ताको प्रक्रियामा रहेको मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...