News Portal

तमु समाज कुवेतद्वारा फेरी आर्थिक सहयोग प्रदान !

हिमाली संचार संवाददाता
९७५ पटक

कुवेत ४ नोभेम्बर – आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेतद्वारा नेपाली रु ७९ हजार ८९४ आर्थिक सहयोग गरेको छ।

उक्त सहयोग समाजका सदस्यहरुद्वारा सन्कलन गरी पीडित सल्लाहकार शुक बहादुर गुरुङको परिवारलाई प्रदान गरिएको हो ।

माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ८ नयाँ पूल, कास्की निवासी सल्लाहकार शुक बहादुर गुरुङको ७९ बर्षिया ममतामयी आमा कौशिला गुरुङलाई मिती १२ कार्तिक २०७५ सोमबार तदनुसार २९ अक्टोबर २०१८ को राती घरमा अन्य कोही नभएको मौका छोपी हत्या गरी गरगहना, धनमाल चोरेर हत्यारा फरार भएको थियो । हाल स्थानिय प्रशासनद्वारा हत्याराको खोजी कार्य भईरहेको जनाईएको छ ।

आमा कौशिला गुरुङको हत्या पश्चात भावह्यिल बनेका शोकाकुल परिवारलाई धर्य धारण गर्न शान्तवना स्वरुप एवं मृतक आमाको आत्मालाई शान्तीका साथ स्वर्गमा वास मिलोस भनी कामना गर्दै हार्दिक श्रदाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...