News Portal

  • आज फाल्गुन-१९, शनिबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

    - ज्यो.पं सरोज घिमिरे
    २४६ पटक

    श्री शाके १९४५ विस २०८० फाल्गुन १९ गते शनिबार इश्वी सन् २०२४ मार्च २ तारिख फाल्गुनकृष्ण पक्ष सप्तमी तिथी विशाखा नक्षत्र व्याघात योग भद्रा करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादी योगमा शुभ योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु ।

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ। अरुको कुरामा विशेष ध्यान नदिनु होला । तपाईको मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झड पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

    बृष राशीः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – ब्यापार ब्यवसायको निम्ति उत्तम समय रहेको छ । तपाईको निर्णय गर्ने क्षामतामा बृद्धि हुने योग छ । मित्रजनहरुबाट सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । आज तपाईको सामान्य यात्रा हुन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।

    मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – अरुको छिटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । तपाईलाई आज स्वास्थ्य सम्बन्धि समस्याले सताउला । नयाँ लगानी तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ।

    कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भावना रहेको छ । मित्र जनको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी गर्दा मन प्रशन्न रहला। तपाईको मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन। अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

    सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक  सहयोगबाट काममा विशेष फाईदा हुनेछ। तपाईको दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भावना रहेको छ ।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आज दाजुभाई बिचको सहयोग प्राप्त हुनेछ । आय आम्दानीमा बृद्धि हुने योग रहेको छ । सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ति हुन सक्नेछ ।

    तुला राशीः र, रि, ?, रे, रो, ता, ति, तु, ते – मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको सहयोग राम्रो प्राप्त हुने योग छ । खानपानमा विशेष रुची रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ ।

    बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार हुने। सामान्य यात्राको सम्भावना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट पर्ला । तपाईको आँट र शाहासको बृद्धि हुनेछ। ब्यापार ब्यवसायमा आज सामान्य ढिलाईको सम्भावना रहेको छ ।

    धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – विश्वासिलो ब्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा विशेष झमेला आई पर्न सक्छ । तपाईको कुराकाट्ने ब्यक्तिहरुको कारण सामान्य चिन्ता बढ्न सक्छ। दाम्पति बिच सामान्य कलह रहने सम्भावना छ । आज तपाईको आय आर्जनका लागि भने समय उत्तम रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

    मकर राशीः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मित्रजनहरुबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । गैर-ब्यक्तिको पूर्ण विश्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट सजग रहनु होला। 

    कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ। परीवारको कोहि सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको छ। कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहेको छ ।

    मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधनको प्रयोग गर्दा आज विशेष ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकहरुको सहयोग प्राप्त हुनाले तपाईको कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा...

    मोरङको रतुवामाई स्थित लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार

    जेष्ठ-२, बुधबार/मोरङ – रतुवामाई नगरपालिका-६ स्थित लागुऔषध ओसार पसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई...

    मोरङको रंगेली अस्पताल अगाडी जेब्राक्रसिङ बन्यो

    जेष्ठ-२, बुधबार/मोरङ – मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ। ...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal