News Portal

आज फाल्गुन १५ गते मंगलबारको राशीफल हेरेर तपाईको शुभ दिनको शुरुवात गर्नुस्

हिमालीसंचार संवाददाता
४५९ पटक

श्री शाके १९४५ विस २०८० फाल्गुन १५ गते मंगलबार इश्वी सन् २०२४ फेब्रुवरी २७ तारीख फाल्गुनकृष्ण पक्ष तृतिया तिथी हस्ता नक्षत्र शूल योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा सौम्य योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण शिशिर ऋृतु माझी समुदायमा लदीपूजा।

 – ज्यो.पं सरोज घिमिरे

मेष राशीः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन। नयाँ लगानिका क्षेत्रमा विशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भावना रहेकोछ । कार्य सम्पादनका निम्ति गोप्यता आवश्यक रहनेछ ।

बृष राशीः  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

मिथुन राशीः का, कि, कु, घ, ङ, छ, के, को, ह – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशीः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटीले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशीः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशीः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशीः र, रि, रु, रे, रो, ता, ति, तु, ते – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशीः तो, ना, नि, नु, ने, नो, या, यि, यु – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशीः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु-भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशीः गु, गे, गो, सा, सि, सु, से, सो, द – स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ। आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्यि हुने छ। गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशीः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...