News Portal

इराकबाट चन्दा उठाएर ३ महिनापछि नेपाल पठाइयो शव

हिमालीसंचार संवाददाता
३४६ पटक

बगदाद। इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ। केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो।

त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो। श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव नेपाल पठाउन आर्थिक अभियान सञ्चालन गरेको थियो। मृतकका दाइ सम्पर्कमा आई आमाका लागि भए पनि शव पठाउनका लागि सहयोग मागेको र सोहीनुसार आर्थिक सहयोग संकलन गरी शव बुधबार टर्किस एयरलाइन्समार्फत नेपाल पठाउन सफल भएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।

‘यहाँबाट शव पठाउन निकै खर्च लाग्ने र झन्झटिलो छ, मृतक अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव पठाउन करिब तीन महिना लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने।

नेपालसम्म शव पठाउन ३ हजार ४ सय ८८ अमेरिकन डलर खर्च लागेको छ भने अभियानका क्रममा उठेको रकमको विवरण नामावलीसहित प्रकाशन गरिने एनआरएनएले जनाएको छ।

‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतक पनि ‘इलिगल’, उनको कम्पनी पनि छैन राहदानी पनि छैन, यस्तो अवस्थामा कतैबाट सहयोग पाइँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ (इराक)मा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्छ।’

इराकबाट शव नेपाल पठाउन ४ हजार ३ सय डलरदेखि ७ हजार डलरसम्म लाग्छ। इराकमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन हरेकपटक आर्थिक अभियान संकलन गर्नुपरेको श्रेष्ठले बताए।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत छन्। नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन्।

विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ। दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन्।

अवैध बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरूलाई फाइदा हुने गरे पनि नेपाली कामदारले भने दुःख पाउने गरेका छन्। गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन।

त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ। कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ।
– राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...