News Portal

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं। ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।

उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो।

उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार रुपैंया बिगो जफत गर्न पनि आदेश भएको उपरजिष्ट्रार कार्कीले बताए।

यस्तै, चार हजार रूपैयाँ घुस लिएको आरोपमा समातिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई)लाई विशेष अदालतले १५ दिन कैद हुने फैसला गरेको छ। सीमा प्रहरी चौकी धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकीलाल चौचरी गत वर्ष कार्तिकमा चार हजार रुपैंया घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए।

नगराइन नगरपालिका २ जटहीका व्यापारीहरूसँग महिनावारी रकम दिनुपर्ने भनि दबाब दिएको उजुरीका आधारमा पक्राउ परेका उनी दोषी ठहरिएका हुन्। अदालतले उनले घुस लिए बराबरको रकम बिगो जरिवानासमेत हुने फैसला गरेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...