News Portal

  • प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    काठमाडौं। ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।

    उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

    पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

    सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो।

    उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार रुपैंया बिगो जफत गर्न पनि आदेश भएको उपरजिष्ट्रार कार्कीले बताए।

    यस्तै, चार हजार रूपैयाँ घुस लिएको आरोपमा समातिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई)लाई विशेष अदालतले १५ दिन कैद हुने फैसला गरेको छ। सीमा प्रहरी चौकी धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकीलाल चौचरी गत वर्ष कार्तिकमा चार हजार रुपैंया घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए।

    नगराइन नगरपालिका २ जटहीका व्यापारीहरूसँग महिनावारी रकम दिनुपर्ने भनि दबाब दिएको उजुरीका आधारमा पक्राउ परेका उनी दोषी ठहरिएका हुन्। अदालतले उनले घुस लिए बराबरको रकम बिगो जरिवानासमेत हुने फैसला गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...