News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पाकिस्तानमा ६ दलीय गठबन्धन: नवाज शरीफका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

    हिमालीसंचार संवाददाता
    १४५ पटक

    इस्लामावाद। नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन्।

    शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्। उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए। पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ।

    यसै क्रममा शरीफले आफ्नो भाइ शहबाजलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको पीएमएल-एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन्। पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ।

    त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाइएको छ। पीएमएल-एन नेतृत्वको गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लिग (क्यू -पीएमएल-क्यू), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम), इश्तेखाम-ए-पाकिस्तान पार्टी (आईपीपी) र बुलचिस्तान अवामी (बीएएम) पार्टी संलग्न छन्।

    ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए। उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकटलाई पार लगाउने बताएका थिए।

    पीएमएल-एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जाल एक्समा गठबन्धनमा सामेल सबै दलप्रति आभार व्यक्त गर्दै अब महँगी र आर्थिक संकटबाट राहत दिलाउने उल्लेख गरेका छन्।

    २४ करोड बढी जनसंख्या रहेको पाकिस्तानलाई आर्थिक संकट र महँगीबाट राहत दिलाउने प्रमुख चुनौती नयाँ सरकारसामु छ। चुनाव अगाडिसम्म नवाज शरीफलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो।

    बीबीसीका अनुसार शहबाज शरीफको चाहना पनि दाजु नवाज शरीफ चौथो पटक प्रधानमन्त्री होउन् भन्ने थियो। तर नवाज शरीफले आफू प्रधानमन्त्री नबन्ने भन्दै भाइलाई अघि सारे।

    जिओ न्युजसँगको कुराकानीमा नवाज शरीफकी छोरी मरियमले नवाजले अब पार्टीलाई सुझाव दिँदै सहयोग गर्ने बताएकी छन्। शहबाज शरीफ नाताको हिसाबले नवाज शरीफका कान्छो भाइ हुन्। उनी २०७८ चैत अन्तिम साता पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए।

    पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका अध्यक्ष इमरान खानविरुद्धको प्रस्ताव संसदबाट पास भएपछि संसदले शरीफलाई नयाँ प्रधानमन्त्री चयन गरेको थियो। शहबाजले यसअघि पञ्जाब प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन्।

    पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ। गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरीफ तथा उनका दुई छोराहरुविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो।

    शहबाज र उनका छोराहरुविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो। जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए। उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो।

    सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो। विशेष अदालतले उनीहरुलाई सफाइ दिएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २५, २०८२ (मे ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘अपरेसन सिन्दुर’ मार्फत भारतको कारबाही, मसूद अजहरको परिवारको मृत्यु

    काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी...

    वडाध्यक्षको दुर्व्यवहारले पोखरा महानगरमा तनाव, कर्मचारी र व्यवसायी आन्दोलित

    पोखरा, वैशाख २४ – पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको हातपातले मंगलबार पोखरा तातेको छ।...

    राक्सिराङमा बोलेरो जिप दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था चिन्ताजनक

    हेटौंडा, वैशाख २४ – मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–९, अठारे भन्ने स्थानमा आज बिहान...

    विशाल बजारबाट हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ, ४० लाखभन्दा बढी नगद बरामद

    काठमाडौं, वैशाख २४ — काठमाडौंको मुख्य व्यापारिक केन्द्र विशाल बजारस्थित एक कम्पनीको भुइँतलाबाट प्रहरीले मंगलबार...