News Portal

  • कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय अन्ततः रिहा

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    दोहा। कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीयहरू रिहा भएका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये ७ जना भारत फर्किएका छन्। यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ।

    आठ पूर्व नौसेनाका अधिकारीहरू दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्थे। उनीहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो। तर, ती अधिकारीहरूमाथि लागेको आरोपहरू भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन्।

    स्रोतका अनुसार सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो। अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू दिने गर्छ।

    एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। कतारले यसबारे भारतलाई कुनै जानकारी नदिएकोले उक्त फैसलाले भारत छक्क परेको थियो। सो निर्णयविरुद्ध भारतले अपिल गरेको थियो।

    जनवरीमा कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो। दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो।

    यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ। कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो। कतारमा करिब ८ लाख भारतीय नागरिकहरु काम गर्छन्।

    – एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...