News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आजको मौसम पूर्वानुमान: आज यी प्रदेशहरुमा सामान्य बदली र हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान
    १५८ पटक

    माध-१०, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ। बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिनमार्फत् उल्लेख गरेको छ।

    त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागहरुमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत उल्लेख गरेको छ।

    प्रतिकृया दिनुहोस्

    बाँकेमा कुष्ठरोगको बढ्दो असर, सामुदायिक सचेतना आवश्यक

    बाँके: पछिल्लो एक वर्षमा बाँकेमा ८४ नयाँ कुष्ठरोगी पहिचान भएपछि जिल्लालाई कुष्ठरोगको उच्च जोखिममा रहेको...

    एन्फाद्वारा फागुनमा चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन महिनामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल...

    सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर

    काठमाडौं, पुस १७ – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबार प्रतितोला...

    बालेन साहको एक्सन: प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो

    काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को भवन निर्माण नक्सा आधिकारिक प्रणाली (ईबीपीएस) बिना स्वीकृत...

    सर्लाहीमा बस दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

    १७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक...