News Portal

  • पश्चिमी वायुको प्रभावका कारणले तराईमा हुस्सु, पहाडी स्थानहरुमा हल्का हिमपात

    आजको मौसम पूर्वानुमान
    २२० पटक

    माध-१, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको कारण मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    पश्चिम तराईका केही स्थानहरूमा बिहानीपख लागेको हुस्सु तथा कुहिरो मध्यान्न सम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानहरूमा लागेको हुस्सु तथा कुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा मौसम सुधार हुँदैं जाने सम्भावना रहेको महाशाखाको भनाई छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    मंगलबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २ गतेको राशिफल

    आज मंसिर २, २०८२ (नोभेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...