News Portal

  • आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

    सोमबार, माघ-१ गते २०८०
    १८० पटक

    श्री शाके १९४५ विस २०८० माघ १ गते सोमबार इश्वी सम्बत सन् २०२४ जनवरी १५ तारीख पौषकृष्ण पक्ष चतुर्थी तिथी शतभिषा नक्षत्र व्यतिपात योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा भद्रा योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋृतु माघसंक्रान्ति, उत्तरायणशुरु, माघीपर्व, घ्यौ चाकु सँन्हु, तनहुँको देवघाटमा मकरस्नानारम्भ, ललितपुरको शङ्गमूल, हेटौडाको कुष्माण्डसरोवर, कोशीको बराहक्षेत्र, झापाको कन्काई लगायत विभिस्थानको त्रिवेणीधामहरुमा मकर माघ स्नानगर्ने, रिडीमा तिनदिनेमेला, तेह्रथुममा गौखुरीमेला, राष्ट्रिय योगा दिवस । 

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

    मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह: सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो: बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

    सिंह राशी  मा, मि, मु, मे, मो, टा, टि, टु, टे: आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    तुला राशी  र, रि, रु, रे, रो, ता, ति, तु, ते: आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

    बृश्चिक राशी  तो, ना, नि, नु, ने, नो, या, यि, यु: तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    धनु राशी  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे: कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द: कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

    मीन राशी  दि, दु, थ, झ, ञ, दे, दो, च, चि: गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा...

    मोरङको रतुवामाई स्थित लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार

    जेष्ठ-२, बुधबार/मोरङ – रतुवामाई नगरपालिका-६ स्थित लागुऔषध ओसार पसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई...

    मोरङको रंगेली अस्पताल अगाडी जेब्राक्रसिङ बन्यो

    जेष्ठ-२, बुधबार/मोरङ – मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ। ...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal