News Portal

आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

पौष-२३, सोमबार २०८०
३६५ पटक

श्री शाके १९४५ विस २०८० पौष २३ गते सोमबार इश्वी सम्बत सन् २०२४ जनवरी ८ तारीख पौषकृष्ण पक्ष द्वादशी तिथी अनुराधा नक्षत्र गण्ड योग कौलव करण चन्द्रमा वृश्चिक राशीमा आनन्दादी योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु अरनीको स्मृति दिवस ।

– ज्यो.पं सरोज घिमिरे

मेष राशी – चु, चे,चो, ला, लि, लु, ले, लो, अः बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुने छ । गैर ब्यक्तिको विश्वासमा गरीएका कार्यमा सजग रहनु होला सामान्य अपजसको सम्भावना रहेको छ । खानपानमा विशेष साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भावना रहेको छ ।

बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बोः जीवन साथिको सहयोगमा गरीएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भावना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुने छ । नयाँकाम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।

मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, हः प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुने छ । शारीरिक अस्वस्थाको सम्भावना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डोः अरुको कार्य लापरबाहिको प्रतिफल तपाईलाई आईपर्न सक्ने छ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्ने छ । गैर ब्यक्तिको पुर्ण विश्वास नर्गनु राम्रो हुने छ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहने छ ।

सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टेः पारीवारिक साथ सहयोगमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुने छन् । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भावना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा विशेष साबधानी अपनाउनु होला ।

कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पोः मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउने छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भावना रहेको छ । मित्र सहयोग प्राप्त हुने छ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्ने छ ।

तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, तेः कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुने छ । बौद्धिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्ने छ । मित्र जनको साथ सहयोगमा कमी रहला । अध्ययन अध्यापनका क्षेत्रमा त्यती मन जाने छैन ।

बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, युः पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्ने छ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेको छ ।

धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भेः मानसिक चन्चलताका कारण मित्रजनसगँको सम्बन्धमा फाटो आई पर्ने छ । जीवन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुने छ। नयाँ लगानी तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहने छ। प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुने छन् ।

मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गिः अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहने छ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्ने छ । नयाँकाम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहने छ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहने छ ।

कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, दः मानसिक चञ्चलताका कारण कार्य क्षेत्रमा तनावको सामना गर्नु पर्ने छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । सन्तान सम्बन्धि समस्याले सताउन सक्ने छ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चिः सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ति हुन सक्ने छ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहने छ। मित्रजनको अति सामीप्यतामा अहित हुन सक्ने छ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुने छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुने छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...