आज : २०२६-०९-२२, मङ्गलबार

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा भने हुस्सु लाग्ने सम्भावना

पौष-२२, आइतबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारणले पूर्वको कोशी र गण्डकी प्रदेश लगायत देशको केहि पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । यता तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी अन्य भूभागहरुमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।