News Portal

आजको राशीफल हेरेर तपाईको शुभदिनको शुरुवात गर्नुस्

आजको राशीफल हेर्नुस् (पौष-२०, शुक्रबार २०८०)
३१८ पटक

श्री शाके १९४५ विस २०८० पौष २० गते शुक्रबार इश्वी यम्बत सन् २०२४ जनवरी ५ तारीख पौषकृष्ण पक्ष नवमी तिथी चित्रा नक्षत्र सुकर्मा योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा मुशल योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु गुरु गोबिन्द सिंहजयन्ती । 

– ज्यो.पं सरोज घिमिरे

मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । शारीरिक आलस्यताले सताउन सक्ने छ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउने छ । मनको चञ्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्ने सक्छ ।

बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउने छ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको विश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अन्यासै  यात्राको सम्भावना रहन सक्ने छ ।

मीथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह: पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानी क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ। बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला। नयाँ कार्यको थालनिले आम्दानी सबल तुल्याउने छ ।

कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो: परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा विशेष ध्यान दिनु होला । पारीवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पूग्ने छ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे: मित्रजनको साथ सहयोग भरपुर रहने छ । मानसिक चञ्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भावना रहेको छ। मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईने छ ।

कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: बौधिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा मन प्रशन्न रहला। खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाव झेल्नु पर्ला ।

तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते: साधारण चोट पटक लाग्न सक्ने सम्भावना रहेको छ । प्रेम-प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला। ब्यापार ब्यवसायका माध्यमबाट आम्दानीका श्रोत सुदृण बन्ने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ। सभा सम्मेलन जन्य कार्य सहभागिता मिल्ने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु: मित्रजनहरुको लागि साधारण खर्च हुन सक्ने सम्भावना रहेको छ । खराब संगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानी रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहने छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ ।

धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे: हरकोहिको पूर्णविश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । मित्रजनको साथ सहयोय प्राप्त हुनेछ। कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानी अपनाउनु होला ।

मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला। पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यताले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द

दाजु-भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुने छ । यात्राकारक दिन रहेको छ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि: शारीरिक अस्वस्थ्यको कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्ने छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुने छ । माल सामानको क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...