News Portal

खोटाङ पाथेकाकी पवित्रा हत्या आरोपमा जाल्पाका श्रेष्ठ दाम्पती पक्राउ

हिमालीसंचार संवाददाता/खोटाङ
१२१७ पटक

पौष-१९, बिहिबार/खोटाङ – खोटाङ पाथेकाकी पवित्रा तामाङ हत्या प्रकरणका आरोपित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जाल्पाका एक दाम्पती पक्राउ परेका छन्।

मृतक पवित्रा तामाङ आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी तामाङको हत्या आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जाल्पाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका हुन् । गत मंसिर-१९ गतेदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित नाखामकी ३६ वर्षीय तामाङ घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पौष-३ गते मृत फेला परेकी हुन् ।

उनी घरबाटै बेपत्ता भएकी मृतक तामाङको खोजीका लागि परिवारले मंसिर-१३ गते प्रहरीलाई खबर गरेका थिए। आफन्त तथा प्रहरीले खोजी गर्दा समेत नभेटिएकी पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र उनको शव भेटिएको थियो ।

शंकास्पद आवस्थामा मृत अबस्थामा फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँग अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पौष-११ गते पक्राउ गरेर पौष-१२ गते खोटाङ ल्याइएको प्रहरीले जाकारी दिए । आरोपित श्रेष्ठ दम्पतीलाई प्रहरीले पक्राउ गरेको आठ दिनपछि हिजो (बुधबार) साँझ प्रहरीले पत्रकार सम्मेलन गरेर उक्त धटना सम्बन्धि सार्वजनिक गरेको हो । आरोपित श्रेष्ठले पवित्राको गत मंसिर-१९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिए ।

मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, फुली र पवित्राले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो। आरोपित श्रेष्ठले पवित्राको हत्यामा प्रयोग गरेको रगताम्मे भएको एउटा फलामको हम्मर समेत फेला परेको थियो । हम्मर भने परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक  खड्काले जानकारी दिए। श्रेष्ठ दम्पतीलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरेर थप अनुसन्धान र कारवाही प्रक्रियाका लागि अगाडि बढाइएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...