श्री शाके १९४५ विस २०८० पौष १९ गते बिहिबार इश्वी सम्बत सन् २०२४ जनवरी ४ तारीख पौषकृष्ण पक्ष अष्टमी तिथी हस्ता नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु गोरखकालीपूजा ।
– ज्यो.पं सरोज घिमिरे
मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने छन् । तपाईले सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।
बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: सन्तान सुख प्राप्त हुने छ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । मनमा चञ्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आई पर्ने छ ।
मीथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, हः प्रेम सम्बन्धमा सुधार आउने छ। आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।
कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डोः यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटीले मानसिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।
सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टेः बोलिको प्रभावको कारण मान्यजनको साथ पाईने छ । खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्ने छ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने छ । मातृ पक्षको सहयोले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।
कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पोः पारीवरिक शुःख प्राप्त हुने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने छ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुने छ । शारीरिक आलश्यताले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य शिद्धि हुनसक्ला ।
तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, तेः खर्च बढ्ने सम्भावना रहेको छ । कुराकाट्नेहरुको बृद्धि हुने छ। परोपकारको क्षेत्रमा मन जाने छ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु, बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने छ । शारीरिक आलश्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ। सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ ।
धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भेः कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ। मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुने छ। ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउने छ। साधारण खर्च भएतापनि दिन मध्यम रहने छ । पारीवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्ने छ।
मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गिः मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने छ। शारीरिक आलस्यताले सताउन सक्ने छ। लगानि गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भावना रहेको छ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहने छ ।
कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, दः स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्ने छ। आम्दानि क्षेत्र सबल रहेको छ। शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ। गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चिः मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्ने छ ।