श्री शाके १९४५ विस २०८० पौष १८ गते बुधबार इश्वी सन् २०२४ जनवरी ३ तारीख पौषकृष्ण पक्ष सप्तमी तिथी उत्तरफाल्गुनी नक्षत्र शोभन योग वालव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु अष्टमीव्रत
– ज्यो.पं सरोज घिमिरे
मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: अनावश्यक खर्चको सम्भाबना रहेको छ। कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहने छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने छन् । हरकोहीको विश्वास नपर्नु उत्तम रहने छ। कुराकाट्नेहरुको बृद्धि हुने छ । परोपकारको क्षेत्रमा मन जाने छ । नजिकका मित्रबाट धोका हुन सक्छ ।
बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुने छन् । अध्ययन अध्यापनमा समय उत्तम रहने छ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुने छ। आर्थिक क्षेत्र सबल रहने छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुने छ । शारीरिक आलश्यताले सताउन सक्छ ।
मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह: पारीवारिक साथ सहयोगमा बृद्धि हुने छ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ । कार्यक्षेत्रमा शारिरीक आलश्यताले सताउन सक्ने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो: बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेको छ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहने छ ।तपाईद्वारा सम्पादित कार्यको श्रेय अन्य व्यक्तिले प्राप्त गर्ने छन् । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहने छ । शारीरिक आलश्यताले सताउन सक्नेछ लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे: थीर क्षेत्रमा गरीएको लगानी उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने छ। मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ। मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ। विश्वसिला व्यक्तिबाट सामान्य धोका हुन सक्ने छ । वाणीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभचिन्तक बन्ने छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ ।
तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते: गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुने छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ । पारीवारिक साथ सहयोग प्राप्त रहने छ। अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ। तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने छन्।
बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु: मित्रजनहरुको सहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुने छ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।
धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे: सामाजिक कार्यमा जुट्ने समय रहेको छ। सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ति हुने छ । मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला। कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: धार्मीक क्षेत्रको यात्राको सम्भावना रहेको छ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । अरुद्वारा गरीएको कार्यका टिकाटिप्पनीका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्ने छ। कार्य क्षेत्रमा मन लागेपनि सामान्य ट्रुटिले मानशिक चिन्ता दिलाउने छ। तपाईको कमजोरीको फाईदाहरु अरुले उठाउन सक्ने छन् ।
कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द: विश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । बाणीका कारण आफन्त जनहरुसगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने योग रहेको छ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्ने छ ।
मिन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि: बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तमरहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने छन् । पारिवारिक सुख प्राप्त हुने छ। निर्णय गर्ने क्षमतामा बृद्धि हुने छ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्ने योग रहेको छ ।