News Portal

  • मादी गाउँपालिकाको नियमः आयातित फूलसँगै खादा-अबिर निषेध

    ४७८ पटक

    अमृत सुवेदी
    पोखरा – प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनताका सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बन्यो । अनुहार नै नदेखिने गरी उम्मेदवारका गलामा माला र खादा थियो । भोट माग्न सिक्लेस पुग्दा मतदाताले लगाइदिएको माला, खादाको भारी उम्मेदवारका गलामा थियो भने अनुहारमा टीका र अबिर दलिएको थियो ।

    यसरी खादा र अबिर माला लगाउने थिए, प्रतिनिधिसभाका उम्मेदवार खगराज अधिकारी, प्रदेशसभाका उम्मेदवार मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङलगायत मादी गाउँपालिकाको कार्यालय याङ्जाकोटको कार्यक्रममा सोमबार तीनैमध्ये खगराज प्रमुख अतिथि, मनबहादुर विशेष अतिथि र वेदबहादुर अध्यक्ष थिए तर, दृश्य भने फरक थियो । उनीहरुका गलामा स्थानीय फूलको माला थियो, लम्बेतान भाषण थिएन, अतिथिलाई मायाको चिनोका रुपमा भांग्रा लगाइएको थियो ।

    गाउँपालिकाले मतदातालाई साक्षी राखेर खादा, आयातीत फूलको माला, अबिर नलगाउने, स्थानीय उत्पादनलाई मायाको चिनो प्रदान गर्नेलगायतका नियम नै बनाएको छ ।

    खादा, माला, अबिरमा फजुल खर्च नगर्ने गरी गाउँपालिकाले कुनै पनि कार्यक्रममा स्थानीय घरेलु उत्पादनबाट निर्मित वस्तुहरु मात्र प्रयोग गर्नुपर्ने कार्यविधि बनाएको छ । विगतबाट पाठ सिक्दै गाउँपालिकाले कार्यविधि बनाएको हो ।बाहिरबाट आयत भएको फूलमाला, खादाजस्ता वस्तुहरुको सट्टा स्थानीय फूलमाला, कपडाहरु मात्र प्रयोग गर्नुपर्ने कार्यविधि गाउँपालिकाले बनाएको हो ।

    कार्यक्रममा मायाको चिनो उपाहारहरु पनि स्थानीय उत्पादनका वस्तुहरु मात्र प्रयोग गर्नुपर्ने नियम गाउँपालिकाले बनाएको अध्यक्ष वेदबहादुर गुरुङले बताए । बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाले बनाएको सामाजिक सुधार तथा खर्च मितव्ययिता सम्बन्धी कार्यविधि पनि सार्वजनिक गरेको हो । कार्यविधि साउन १ गतेदेखि नै सुरु भइसकेको छ ।

    कार्यक्रममा हुने लम्बेनात आसन ग्रहण र भाषण गर्ने शैलीलाई सुधार गरिने भएको छ । कार्यक्रम सञ्चालकले शुरुमा आसन ग्रहण गराउँदा मर्यादाक्रम अनुसार परिचयात्मक विवरण खुल्ने गरी सम्बोेधन गर्ने र पछिल्लो वक्ताहरुले सभा अध्यक्षलाई मात्र सम्बोधन गरेर आफ्नो भनाइ राख्नुपर्ने गाउँपालिकाले नियम बनाएको छ । एउटै क्षेत्र र पक्षका एक वक्ताले अर्को वक्ताको कुरा नदोहोराई आफ्नो भनाइ कार्यविधिमा छ । भाषण र वक्तव्य सकेसम्म लिखित वाचन गर्ने र छोटो तथा शिष्ट भाषामा हुनुपर्ने गाउँपलिकाले बनाएको कार्यविधिको शर्त छ ।

    समयमा कार्यक्रम शुरु नगर्ने, प्रमुख अतिथिलाई पर्खिएर बस्नुपर्ने, विषयकेन्द्रित भएर नबोल्ने अधिकांश कार्यक्रममा देखिन्छ । समयको ख्याल नगर्ने र वियष बाहिर गएर हुने लामो भाषणले सहभागीलाई वाक्कै पार्ने गरेको छ । यसलाई पनि गाउँपालिकाले सुधार थालेको छ । जुन विषयको कार्यक्रम हो, त्यही विषयमा मात्र केन्द्रित रहेर आफ्नो भनाइ प्रस्तुत गर्नुपर्ने, निर्धारित समयमा नै कार्यक्रम शुरु गरी अन्त्य गर्नुपर्ने नियमको सुरुवात गाउँपालिकाले गरेको छ ।

    कार्यक्रममा अबिर र रङको प्रयोगलाई निषेध गर्नुपर्ने गाउँपालिकाले अर्को सुधार थालेको छ । चिया, खाजा, खादा प्रयोग हुने गिलास तथा प्लेटहरु वातावरणमैत्री हुनुपर्ने, कार्यक्रम सकेपछि सबै फोहोर मैला व्यवस्थापन आयोजकले गर्नुपर्ने नियम लगाइएको अध्यक्ष गुरुङले जानकारी दिए ।

    कार्यक्रम गर्दा स्थानीय मौलिकता र राष्ट्रियता झल्कने मञ्च तथा भेष–भुषाहरु हुनुपर्ने, कार्यालय समयभित्र र औपचारिक कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक सबैले अनिवार्य गाउँपालिकाको लोगो र परिचयपत्रको ब्याच लगाउनु पर्ने कार्यविधिमा छ ।

    सामाजिक सुधारका लागि गाउँपालिकाले कम्तीमा प्रयार थालेको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले कार्यविधि बनाएर लागु गर्नेभन्दा पनि कतिपय आफैंले आफ्नो संस्कार र आनीबानीमा सुधार गर्नुपर्ने बुँदा रहेको उनले बताए । ‘

    कार्यक्रमलाई व्यवस्थित, विषय केन्द्रित, अर्थपूर्ण बनाउन कार्यविधि बनाएको हो,’ अध्यक्ष गुरुङले भने, ‘यी कतिपय हामीले दैनिक जीवनमै सुधार गर्नुपर्ने कुरा छन् । गाउँपालिकाले नियम लाद्नेभन्दा पनि आफैं संस्कारित हुनुपर्ने कुरा छन् ।’

    कार्यविधि कार्यान्वयनका लागि गाउँपालिकाले आफ्नो जिम्मेवारी पनि तोकेको छ । कार्यालयको लोगो डिजाइन गरी उपलब्ध गराउने, कार्यालयको स्थानीय गान स्वीकृत गरी प्रयोगमा ल्याउने, दुना टपरी लगाएत विभिन्न स्थानीय सामाग्री पुवा, उन, आदीबाट बनेका मौलिकता झल्कने उपहार र खादा फूलको माला उत्पादन गर्न प्रोत्साहित गर्ने गाउँपालिकाले नीति लिएको छ ।

    कार्यविधि कार्यान्वयन नगर्नेलाई लिखित स्पष्टीकरण माग गर्र्ने,. सचेत गराउने, गाउँपालिका, वडाबाट प्रदान गर्ने सबै सेवा रोक्का गर्ने, कार्यपालिकाको निर्णयानुसार आर्थिक दण्ड गर्नेसम्मका कारबाही गरिने अध्यक्ष गुरुङले बताए ।

    मादीको बजेट ४४ करोड

    गाउँपालिकाले ल्याएको ४४ करोड ३२ लाख ३३ हजार ६ सय ४ रुपैयाँको बजेट सोमबार सार्वजनिक गरिएको हो । चालु तथा प्रशासनिकतर्फ ३० करोड ६८ लाख ६२ हजार २ सय छ र कार्यक्रम तथा पुँजीगततर्फ १३ करोड ६३ लाख ७१ हजार ४ सय ४ छ ।

    गाउँपालिकाले पर्यटन, कृषि, भौतिक पूर्वाधार, खानेपानी, विद्युत विस्तारलगायतलाई जोड दिएको छ । बजेट सार्वजनिक गर्दै अध्यक्ष गुरुङले निर्वाचनमा गरेका प्रतिवद्धता र घोषणापत्रअनुसार नै गाउँपालिकाको विकास गर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal