News Portal

मौसम पूर्वानुमान; आजको मौसम यस्तो रहेको छ

आजको मौसम पूर्वानुमान
२७८ पटक

पौष-१४, शनिबार/काठमाडौं – नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भूभामा आंशिक बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, पूर्वको कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । 

आज बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका केहि स्थानहरुमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ। 

त्यस्तै, आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले अध्यबधि गरेको छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान सम्बन्धित सबैसंग महाशाखाको अनुरोध समेत छ।

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...