News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • क्रिश्चियनको भेलामा विवादीत अभिव्यक्ति दिने संस्कृतिमन्त्री किराँतीका कारण माओवादीभित्र खैलाबैला

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    काठमाडौं। क्रिश्चियन धर्मावलम्बीहरूको एउटा कार्यक्रममा पुगेर विवादीत अभिव्यक्ति दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिका कारण माओवादीभित्र खैलाबैला मच्चिएको छ।

    किराँतीको अभिव्यक्तिका कारण माओवादीमा रहेका कतिपय सदस्य र नेताहरू जसले विभिन्न धर्ममा आस्था राख्छन् उनीहरूको मानमा चोट पुगेको भन्दै कारबाहीसम्मको माग गरिएको छ। तथापी माओवादीको पदाधिकारी बैठकमा भने यो विषयलाई प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नजरअन्दाज गरेको बताइन्छ।

    पूर्वश्रममन्त्री रामेश्वर राय यादवले त किराँतीलाई कारबाही गरिनुपर्ने माग राखेका छन्। उनले कसैको धर्मप्रति होच्याउने अधिकार मन्त्री किराँतीलाई नरहेको पनि बताइसकेका छन्।

    यादवले पार्टीभित्र पनि विभिन्न धर्ममा आस्था राख्नेहरूको भावनामा चोट लाग्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ।

    ‘म पार्टीलाई पनि भन्छु, यस्ता कुराहरूलाई छुट दिनुहुन्न। यसले सामाजिक द्वन्द्व बढाउँछ’, यादवले भने,‘क्रिश्चियन (धर्म) नमान्ने राष्ट्रघाती हो भन्ने जुन शब्द उहाँले प्रयोग गर्नुभयो, त्यो आपत्तिजनक हो। अरू कुनै समुदाय वा सम्प्रदायलाई होच्याउन पाइँदैन।’

    मन्त्री किराँतीले दिएको अभिव्यक्तिका कारण हिन्दूत्वको सवाल उठाइरहेकालाई बल पुग्ने भएका कारण नसियत दिनुपर्ने माओवादी उपाध्यक्ष पम्फा भुसालले नेताहरूसँग बताउने गरेकी छन्।

    धर्म निरपेक्षता माने पनि कुनै धर्मलाई होच्याउने या आघात पुग्ने प्रकारान्तरको अभिव्यक्ति क्षम्य नहुने भुसालको बुझाई रहेको माओवादीका नेताहरू बताउँछन्।

    माओवादीबाट सदन पुगीसकेका पूर्वसांसद रामकुमार शर्माले त यस विषयमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र नै बुझाएका थिए। ‘सनातन हिन्दू धर्म र संस्कृति मान्नेलाई पीडा दिएको पाएको छु’, उनले भनेका छन्।

    त्यसो त मन्त्री किराँतीको अभिव्यक्तिको प्रत्योत्तर हिन्दूवादीले सडकबाट नै दिएका थिए। क्रिसमसका दिन पशुपति क्षेत्रबाट निस्किएको हिन्दू धर्मावलम्बीको जुलुसले किराँतीको राजीनामा माग गरेको थियो। उक्त जुलुस नयाँ वानेश्वर क्षेत्रमा पुगेर सभामा परिणत हुँदा सयौं पटक किराँतीको राजीनामा माग गरियो।

    यसले माओवादी पार्टीलाई नै हानी हुने स्थिति देखिएको भन्दै कतिपय नेताले किराँतीले माफी माग्नुपर्ने वा आत्माआलोचना गर्नुपर्ने समेत माग राखेका छन्। तर, प्रधानमन्त्री प्रचण्ड भने यस विषयमा मौन छन्। उता किराँतीले भने आफ्नो भनाईको बचाऊ गर्दै आएका छन्।

    मन्त्री किराँतीले क्रिश्चियन मान्दिन भन्ने संविधान विरोधी भएको र त्यसो गर्नेलाई जेलमा हाल्नुपर्ने बताएका थिए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...