News Portal

  • राजा वीरेन्द्रले तत्कालिन गृहमन्त्री गौतमलाई आईजी नहटाउनू भनेका थिए तर टेरेनन्

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    काठमाडौं। नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेपको प्रसङ्ग आउनासाथ तत्कालिन गृहमन्त्रीहरू खुमबहादुर खड्का, बामदेव गौतमको नाम अगाडि आउने गर्छ।

    प्रहरीमा अहिले पनि राजनीतिक दबाब कम छैन। तर, त्यसको देखिने सुरुआतचाहिँ पूर्वउपप्रधानमन्त्री गौतमबाट नै भएको थियो। उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारको गृहमन्त्री भएका बेला तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) अच्युतकृष्ण खरेललाई गुप्तचर विभागमा सारेर हालका सांसदसमेत रहेका ध्रुवबहादुर प्रधानलाई संगठनको जिम्मेवारी दिए।

    त्यसअघि गौतमलाई नारायणहिटी दरबारमा डाकेर तत्कालिन राजा वीरेन्द्र शाहले भनेका थिए– आईजी नहटाउनू ! यस्तो संस्था चलायो भने कमजोर हुन्छ। तर, गौतमले राजाको आदेशसमेत नटेरी हटाएको पूर्वआईजी अच्युतकृष्ण खरेलले सम्झिने गरेका छन्।

    अघिल्लो बर्ष उनले दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘म प्रति राजा वीरेन्द्रको एकदम सद्भाव थियो। मलाई प्रहरी महानिरीक्षकबाट हटाउने कुरा आइरहेको थियो। मैले राजाको दर्शनभेट मागेँ। दर्शनभेटमा राजा आफैँले कुरा उप्काउनु भयो, ‘वामदेव (गृहमन्त्री)ले तिमीलाई हटाउने भन्छ। मैले नहटाउनू भनेको छु।’

    वीरेन्द्रले यति मात्र भनेका रहेनछन्, तत्कालिन प्रधानमन्त्रीको अक्षमताको विषय पनि उठाएका रहेछन्। राजा वीरेन्द्रले भनेको स्मरण गर्दै खरेलले भनेका छन्,‘त्यो लोकेन्द्रबहादुर चन्द (प्रधानमन्त्री) पनि कस्तो मान्छे ? उसलाई रोक्ने काम चन्दको होइन ? मैले त त्यस (वामदेव)लाई प्रहरी महानिरीक्षकलाई हटाउनु हुन्न भनेर पठाएको छु। प्रहरी भनेको त संस्था हो नि ! यस्ता संस्थाका प्रमुखलाई चलाउनु हुन्न।’

    राजा वीरेन्द्रको जति पनि अहिलेका नेतामा कुनै पनि प्रकारको विवेक नभएको खरेलले दिएको टिप्पणीले स्पष्ट पार्छ। प्रजातान्त्रिक कालमा हस्तक्षेप सुरु भएको प्रहरी संगठन गणतान्त्रिक कालमा आएपछि त पराकाष्टको स्थितिमा पुगेको छ।

    त्यसको उदाहरणका लागि तत्कालिन प्रहरी नायव महानिरिक्ष (डीआईजी) नवराज सिलवाल प्रकरण हो। सिलवाललाई आईजी बनाउनुपर्ने भएपनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय गरेको थियो।

    तर सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरिदियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफैंले उक्त मुद्दा हेरेको र केही पार नलाग्ने भएपछि कांग्रेस र माओवादीका सांसदको एक हुल कार्कीविरुद्ध महाअभियोग दर्ता गराउन लागि परेको थियो। र, पछि प्रकाश अर्याल आईजीमा नियुक्त गरिए।

    ‘त्यसबेला हदैसम्मको राजनीतिक हस्तक्षेप भयो। देखिनेगरीको हस्तक्षेप भयो। यस्तो स्थितिले प्रहरी संगठन कसरी चल्छ’, एक पूर्वआईजी भन्छन्,‘संगठनका प्रमुख चलाउन हुन्न, प्रक्रिया मिच्न हुन्न भन्ने दरबार खराब कि मनपरी ढंगले व्यक्तिगत मनोपोलीमा संस्था सिध्याउने नेता सही भन्ने छुट्याउन कुनै कठिन छैन।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...

    कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

    बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने...

    भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको...

    विवाहको उमेरदेखि सजाय माफीसम्म : गृहमन्त्री लेखक भन्छन्, “जनचासोअनुसार कानुन परिमार्जन गरिन्छ”

    काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत...