News Portal

राजा वीरेन्द्रले तत्कालिन गृहमन्त्री गौतमलाई आईजी नहटाउनू भनेका थिए तर टेरेनन्

हिमालीसंचार संवाददाता
३१४ पटक

काठमाडौं। नेपाल प्रहरीभित्र राजनीतिक हस्तक्षेपको प्रसङ्ग आउनासाथ तत्कालिन गृहमन्त्रीहरू खुमबहादुर खड्का, बामदेव गौतमको नाम अगाडि आउने गर्छ।

प्रहरीमा अहिले पनि राजनीतिक दबाब कम छैन। तर, त्यसको देखिने सुरुआतचाहिँ पूर्वउपप्रधानमन्त्री गौतमबाट नै भएको थियो। उनले लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारको गृहमन्त्री भएका बेला तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) अच्युतकृष्ण खरेललाई गुप्तचर विभागमा सारेर हालका सांसदसमेत रहेका ध्रुवबहादुर प्रधानलाई संगठनको जिम्मेवारी दिए।

त्यसअघि गौतमलाई नारायणहिटी दरबारमा डाकेर तत्कालिन राजा वीरेन्द्र शाहले भनेका थिए– आईजी नहटाउनू ! यस्तो संस्था चलायो भने कमजोर हुन्छ। तर, गौतमले राजाको आदेशसमेत नटेरी हटाएको पूर्वआईजी अच्युतकृष्ण खरेलले सम्झिने गरेका छन्।

अघिल्लो बर्ष उनले दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘म प्रति राजा वीरेन्द्रको एकदम सद्भाव थियो। मलाई प्रहरी महानिरीक्षकबाट हटाउने कुरा आइरहेको थियो। मैले राजाको दर्शनभेट मागेँ। दर्शनभेटमा राजा आफैँले कुरा उप्काउनु भयो, ‘वामदेव (गृहमन्त्री)ले तिमीलाई हटाउने भन्छ। मैले नहटाउनू भनेको छु।’

वीरेन्द्रले यति मात्र भनेका रहेनछन्, तत्कालिन प्रधानमन्त्रीको अक्षमताको विषय पनि उठाएका रहेछन्। राजा वीरेन्द्रले भनेको स्मरण गर्दै खरेलले भनेका छन्,‘त्यो लोकेन्द्रबहादुर चन्द (प्रधानमन्त्री) पनि कस्तो मान्छे ? उसलाई रोक्ने काम चन्दको होइन ? मैले त त्यस (वामदेव)लाई प्रहरी महानिरीक्षकलाई हटाउनु हुन्न भनेर पठाएको छु। प्रहरी भनेको त संस्था हो नि ! यस्ता संस्थाका प्रमुखलाई चलाउनु हुन्न।’

राजा वीरेन्द्रको जति पनि अहिलेका नेतामा कुनै पनि प्रकारको विवेक नभएको खरेलले दिएको टिप्पणीले स्पष्ट पार्छ। प्रजातान्त्रिक कालमा हस्तक्षेप सुरु भएको प्रहरी संगठन गणतान्त्रिक कालमा आएपछि त पराकाष्टको स्थितिमा पुगेको छ।

त्यसको उदाहरणका लागि तत्कालिन प्रहरी नायव महानिरिक्ष (डीआईजी) नवराज सिलवाल प्रकरण हो। सिलवाललाई आईजी बनाउनुपर्ने भएपनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय गरेको थियो।

तर सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरिदियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफैंले उक्त मुद्दा हेरेको र केही पार नलाग्ने भएपछि कांग्रेस र माओवादीका सांसदको एक हुल कार्कीविरुद्ध महाअभियोग दर्ता गराउन लागि परेको थियो। र, पछि प्रकाश अर्याल आईजीमा नियुक्त गरिए।

‘त्यसबेला हदैसम्मको राजनीतिक हस्तक्षेप भयो। देखिनेगरीको हस्तक्षेप भयो। यस्तो स्थितिले प्रहरी संगठन कसरी चल्छ’, एक पूर्वआईजी भन्छन्,‘संगठनका प्रमुख चलाउन हुन्न, प्रक्रिया मिच्न हुन्न भन्ने दरबार खराब कि मनपरी ढंगले व्यक्तिगत मनोपोलीमा संस्था सिध्याउने नेता सही भन्ने छुट्याउन कुनै कठिन छैन।’

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...