News Portal

  • तमु प्ये ल्हु संघ कुवेतले जनवरी ४ मा तमू ‘फो- ल्होसार मनाउने

    हिमाली संचार संवाददाता
    ५८८ पटक

    कुवेत, १ नोवेम्बेर : तमु प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेतको फर्वानिया स्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

    प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ, कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ।

    कुवेतको नेपाली समाजमा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमु प्ये ल्हु संघ कुवेतले “तमु फो-ल्होसार” (मृग बर्ग) को ल्होसारलाइ भब्य र सब्य पार्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संस्थाका कलाकारहरुको जोडदार प्रस्तुतीको साथ मनोरञ्जन दिनेछन।

    गएको शुक्रबार कुबेत सिटीमा तमु प्ये ल्हु संघ कुवेतको अध्यक्ष उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले तमू ‘फो- ल्होसार जनवरी ४ तरिक मनाउने निर्णय गरेको हो ।

    उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्धिजीवी,भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ लगायत सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै अध्यक्ष उमा तमुस्योले अनुरोध गरेकी छन।

    तपशिल
    कार्यक्रम : तमु ‘फो-ल्होसार
    स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
    मिति : ४ जनावरी २०१९ शुक्रबार
    समय : बिहान ठीक ११ बजे

    आयोजक : तमु प्ये ल्हु संघ, कुवेत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...